कोटेश्वर र बानेश्वरमा आकासे पुल बनाइने
काठमाडौं : कोटेश्वर र बानेश्वर चोकमा यात्रुको चाप बढेको भन्दै आकासे पुल निर्माण गरिने भएको छ ।
सडक विभागले पुल निर्माणका लागि पुलको डिजाइन तथा सर्वेको लागि बुधबार आशयपत्र सार्वजनिक गर्ने भएको छ । आकासे पुल नहुँदा बाटो काट्न असहज भएको कुरालाई मध्यनजर गर्दै यस्तो गरिने भएको विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले बताए ।
यस्तै दुबै स्थानमा अन्डरपास बनाउने तयारी गरिएको पनि उनले जानकारी दिए । अन्डरपास डिजाइन र कम्पनी भने छनोट भइसकेको बताइएको छ ।