'इच्छा विपरित लोला हाने कारबाही'
काठमाडौं : मर्यादित र सभ्य ढंगले होली उत्सव मनाउन गृह मन्त्रालयले सबैलाई आग्रह गरेको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै गृहमन्त्रालयले इच्छा विपरित लोला हान्ने, फोहोर छ्याप्ने र बाटो हिड्नेलाई दुःख दिएर हैरानी गर्नेलाई कारबाही हुने बताएको छ।
हिमाल तथा पहाडमा बुधबार र तराईमा बिहीबार रङ र खुसियाली साटासाटको रुपमा मनाइने होली/फागुको शुभकामना दिँदै गृह मन्त्रालयले यस्तो बताएको हो।
‘पर्वलाई धार्मिक एवम् सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य ढंगले मनाउँदा मात्र होली/फागु पर्वको महत्व सिद्ध हुने हुँदा मर्यादिन र सभ्य ढंगले मनाउनु हुन गृहमन्त्रालय सम्पूर्ण नेपालीजनमा हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘कोही कसैको इच्छा एवम् स्वीकृति बेगर कानुन विपरित काम गरे गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरासमेत सर्वसाधारण सबैका लागि जानकारिका लागि अनुरोध छ।