सिके राउतले पूजा गरे, समर्थकले पृथकतावादी नारा लगाए

सिके राउतले पूजा गरे, समर्थकले पृथकतावादी नारा लगाए

राजविराज : सरकारसँग ११ बुंदे सहमतिपछि ‘जनमत पार्टी’ गठन गरेका सिके राउत मंगलबार आफ्नो गृहजिल्ला सप्तरी आएका छन् ।

उनको स्वागतमा पुगेका समर्थकहरुले ‘जनमत दो, आजादी लो’, ‘सिके राउत जिन्दावाद’ लगायतका पृथकतावादी नारा पनि लगाइएको थियो । मंगलबार उनी सप्तरीको कल्याणपुर, शम्भुनाथ, रुपनी, राजविराज, महादेवा, तोपा, हनुमाननगर हुँदै भारदह पुगेका थिए । भ्रमणको क्रममा राउतले साँझ ६ बजे कंकालिनी भगवतीको पूजापाठ समेत गरेका छन् ।

जनमत पार्टीको व्यानरसहित नारावाजी गर्दै आइपुगेको जुलुसले ‘सिके राउत जिन्दावाद, जनमत पार्टी जिन्दावाद’ भन्दै चर्को नारावाजी समेत गरेका थिए ।

राउतको समर्थनमा मोटरसाइकल, जिप, कार, ट्रयाक्टरसहितको जुलुसले पृथकतावादी नारा लगाएको हो । आफ्नो घर महदेवा गाउँपालिकास्थित अंकुरी महादेव र भारदहस्थित कंकालिनी मन्दिरको पूजापाठ गरेका राउतले कतै सम्बोधन भने गरेनन् ।

सञ्चारकर्मीहरुसँग पनि अभिव्यक्ति दिएका थिएनन् । सरकारसँग भएको सहमतिसँगै जनमत पार्टी गठनलाई ऐतिहासिक मान्दै कार्यकर्ताहरुले राउतको गृहजिल्ला आगमनलाई विजयी ¥यालीको रुपमा मनाएको केन्द्रीय सदस्य सुरेन्द्र मधेसीले बताए ।

जनमत पार्टीको गठनसँगै संवैधानिक रुपमा जनताको समस्या, माग, हकहित र अधिकारका लागि निस्वार्थ भावले अनवरत संघर्षरत रहने तथा सबैखाले विभेद अन्त्य गर्न पहलकदमी लिने प्रतिवद्धतासहित जनमत जुटाउन जनतासमक्ष पुग्ने पार्टीको नीति रहेको सहभागी नेताहरुले बताए । कार्यकर्ताहरुसँग अबेर रातिसम्म छलफलमा रहने राउत सुत्नका लागि आफ्नो घर महदेवा गाउँपालिका पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.