कांग्रेस केन्द्रीय समिति बैठक : नियमावली मस्यौदा र केन्द्रीय निर्वाचन समिति गठन

कांग्रेस केन्द्रीय समिति बैठक : नियमावली मस्यौदा र केन्द्रीय निर्वाचन समिति गठन

काठमाडौं : मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ।  सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा बसेको बैठकले नियमावली मस्यौदा समिति र निर्वाचन समिति गठन गरेको छ। 

नियमावली समितिको संयोजक रमेश लेखक बनेका छन् भने केन्द्रीय निर्वाचन समितिको संयोजक राधेश्याम अधिकारी रहेका छन्। दुवै समितिमा चारचार सदस्य रहेका छन्। 
निर्णय जस्ताको तस्तै : 

१. विखण्डनको मार्ग परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधानभित्रबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गरिरहँदा समाधानको विधिका बारे रहेको गम्भीर विरोधाभासलाई सुस्पष्ट गर्न बैठक सरकार समक्ष माग गर्दछ । सम्झौताको दुई साता पुग्दासम्म ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या नगरिनु अत्यन्तै आपत्तिजनक 

छ । तराई–मधेश लगायत मुलुकको सबै भू–भागका आम नेपालीको भावना अविभाज्य नेपाल रहेको तथ्य पनि बैठकले स्मरण गराएको छ । 

२. नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन बैठकले अपिल गरेको छ । निषेधको मार्गबाट होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न बैठकले सरकार समक्ष आग्रह गरेको छ । दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुबै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराएको छ । 

३. राष्ट्रिय संवेदनशीलताका विषयमा कुनै पनि महत्वपूर्ण निर्णय गर्नु अघि र पछि पनि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई वर्तमान सरकारले त्याग गरिरहेको विषयप्रति गम्भीर आपत्ति प्रकट गर्दै बैठकले सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय अनुशासन समितिलाई पूर्णता

४. नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार श्री भीष्मराज आङ्दम्वेको संयोजकत्वमा गठित “केन्द्रीय अनुशासन समिति’ को बाँकी रहेको दुई सदस्यहरुमा प्रस्तावित श्री उमाकान्त चौधरी र श्री धनराज गुरुङलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

बैठकले यस अघिको केन्द्रीय अनुशासन समितिमा रहनु भएका संयोजक श्री रमेश रिजाल लगायत समितिका सबै सदस्यलाई धन्यवाद व्यक्त गरेको छ । 

नियमावली मस्यौदा समिति गठन

५. नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २२ (६) अनुसार देहाय बमोजिमको “पार्टी नियमावली मस्यौदा समिति” सर्वसम्मतिले गठन गरेको छ । जस अनुसार—

संयोजक — श्री रमेश लेखक

सदस्य — श्री मीन विश्वकर्मा

सदस्य — श्री जीवन परियार

सदस्य — श्री ईश्वरी न्यौपाने

सदस्य — श्री प्रदीप पौडेल

केन्द्रीय निर्वाचन समिति गठन

६. नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३५ (१) अनुसार देहाय बमोजिमको “केन्द्रीय निर्वाचन समिति” सर्वसम्मतिले गठन गरेको छ । जस अनुसार—

संयोजक — श्री राधेश्याम अधिकारी

सदस्य — श्री गोपालकृष्ण घिमिरे

सदस्य  — श्री खम्मबहादुर खाती

सदस्य — श्री सिताराम के.सी.

सदस्य — श्री एकराज पोखरेल

७. मुलुकभर अत्यन्त हर्षोल्हासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटो तर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्दै यस सुखद अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजु–भाइहरुमा कार्यसमितिको यो बैठक हार्दिक शुभ–कामना व्यक्त गर्दछ । 

कृष्णप्रसाद पौडेल

मुख्य सचिव


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.