पोखरामा प्याराग्लाइडिङ दुर्घटना, प्यारापाइलट र पर्यटक घाइते

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, प्यारापाइलट र पर्यटक घाइते

पोखरा : पोखरामा प्याराग्लाइडिङ दुर्घट्ना हुँदा दुईजना पर्यटक घाइते भएका छन् ।

पोखराको सराङ्कोटबाट उडान भरी फेवाताल किनारमा अवतरणका क्रममा खपौदीस्थित बिजुलीको तारमा ठोक्किएर प्यारा खस्दा प्यारा चालक युक्रेनी र उनीसँगै उडेका चिनियाँ पर्यटक सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

अवतरणका क्रममा बिजुलीका तारमा ठोक्किँदा युक्रेनका ५० वर्षीय प्यारापाइलट अलेस र उनीसँगै उडेका ७ वर्षीय चिनियाँ पर्यटक याङ गुङ जी घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

ओपन स्काई प्याराग्लाइडिङ कम्पनीबाट उडान भरेका युक्रेनका प्यारापाइलट २० वर्षदेखि पोखरामा वर्किङ भिसामा व्यवसायीक रुपमा प्याराग्लाईडिङ गर्दै आएको कम्पनीका संचालक प्रज्वल रञ्जितले बताए ।

प्याराग्लाईडिङ उडानमा दक्ष उनी अवतरणका क्रममा हावा लागेर सामान्य भूमरी आएको कारण प्यारा  अनब्यालेन्स भएर तारमा ठोक्किएर प्यारा खस्दा दुर्घटना भएको बताइएको छ ।

उनीहरुको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भएको थियो । शाहसिक खेलको राजधानी मानिने पोखरामा पछिल्लो समय प्याराग्लाईडिङ पर्यटक एक पछि अर्को दुर्घटनामा परेका छन् ।

गत फागुनमा प्याराग्लाइडिङ दुर्घटनामा दुईजना सोलो (एक्लै उडेका) प्यारापाईलोटको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.