राम्ररी पकाए ‘बर्ड फ्लु’ लाग्दैन

राम्ररी पकाए ‘बर्ड फ्लु’ लाग्दैन

काठमाडौं : बर्ड फ्लुका कारण कुखुराको मासु खान हिचकिचाउन नपर्ने चिकित्सकले बताएका छन्। राम्ररी पकाएको मासु खाँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरूको दाबी छ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रूपमा सुरक्षित रहेको बताए। ‘काँचो मासु खानु हुँदैन, पकाएर खानु पर्छ। पकाएर खाँदा बर्ड फ्लुको जोखिम हुँदैन’, उनले भने।

मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ। उनीहरूमा बर्ड फ्लुको संक्रमण हुने जोखिम रहेकाले सजग हुन चिकित्सकले सल्लाह दिएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले हालसम्म नेपालमा बर्ड फ्लुको भाइरस कुनै व्यक्तिमा नपाइएको बताए। ‘मासु खानेभन्दा पनि पोल्ट्री फार्ममा काम गर्नेहरू जोखिम छन्। राम्ररी पकाएर खाए बर्ड फ्लुको जोखिम हुँदैन’, उनले भने। फार्ममा कार्यरत कामदार, किसान एवं मासु बिक्रेता र पकाउने व्यक्ति भने सजग हुनुपर्ने चिकित्सकको सुझाव छ।

एभियन इन्फ्लुएन्जा भाइरसको संक्षिप्त रूप नै बर्ड फ्लु हो। कुखुरा, हाँसलगायत पक्षिजन्य रोगका रूपमा लिइन्छ। एचफाइभ एन वन भाइरस संक्रमण भएको अवस्थामा फ्लु जुनसुकै क्षेत्रमा पनि फैलन सक्छ। कुखुराको मासु, प्वाँख, सिंगान, ¥याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरालगायतको सम्पर्कबाट बर्ड फ्लु भाइरस किसान एवं कामदारमा सर्ने जोखिम छ। महाशाखाका निर्देशक डा.लालले भने, ‘पकाएर खाँदा उपभोक्ता सुरक्षित भए पनि पशुपन्छी पाल्ने किसान र कामदार भने जोखिममा छन्।’

पोल्ट्री फर्मका किसान एवं कामदारले टोपी, मास्क, पन्जा, बुट लगाउनुपर्ने सुझाव चिकित्सकको छ। सर्वप्रथम सन् १९७८ मा पक्षीमा देखिएको यो भाइरस २० वर्षपछि सन् १९९७ मा मानिसमा पनि देखा परेको थियो। भाइरस सरेपछि सुरुमा रुघाखोकी लाग्छ। त्यसपछि घाँटी र छाति दुख्ने, फोक्सोको तल्लो भागमा असर गरि निमोनियासमेत हुन सक्छ। शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा.पाण्डेले भने, ‘फोक्सोमा असर पु¥याउँछ। निमोनिया भई श्वासप्रश्वासमा समस्या भएर ज्यानसमेत जान सक्ने सम्भावना हुन्छ।’

भाइरस व्यक्तिमा संक्रमण भए मृत्युदरको जोखिम ६० प्रतिशत हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। भारतबाट हुने पशुपन्छी आयातमा सरकारले रोक लगाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा ५ दिनदेखि पशुपन्छी आयातमा प्रतिबन्ध लागेको हो। विशेषगरी सीमावर्ती नेपालगन्ज, कपिलवस्तु, भैरहवा र वीरगन्ज नाकाबाट पशुपन्छी आयात हुँदै आएको थियो। आयात हुने पशुपन्छीमध्ये झण्डै ८० प्रतिशत काठमाडौंमा उपभोग हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.