ताप्लेजुङमा होलीको रौनक
ताप्लेजुङ : ताप्लेजुङका युवायुवाती होलीमा रमाएका छन्। ताप्लेजुङ् सदरमुकाम फुङ्लिङ बजारसहित गाउँका विभिन्न बजारमा होली मनाइएको छ।
अरुबेला सुनसान हुने फुङलिङ बजारमा बुधबार होलीमा रमाउनेको चहलपहल देखियो। रङसँगै रमाउने अधिकांसले एकैनासको टिसर्ट लगाएका छन् भने कतिपयले अनुहार पेन्ट गरेका छन्।
बुधबार सार्वजनिक विदा भएकाले होलीमा विद्यार्थी बढी रमिरहेका देखिए।