भारतबाट आयातमा रोक लागेपछि विराटनगरमा माछा अभाव

भारतबाट आयातमा रोक लागेपछि विराटनगरमा माछा अभाव

विराटनगर  : सरकारले भारतबाट पशुपन्छी आयातमा रोक लगाएसँगै प्रदेश १ को राजधानी विराटनगरमा माछाको अभाव भएको छ। 

स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ, स्वस्थ मासु उपभोग गराउन र मासुजन्य पशुपन्छीमा मुलुकलाई आत्मनिर्भर बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा भारतबाट पशुपन्छी आयातमा कडाई गरेको हो। 

भारतबाट माछा आयात नहुँदा उपभोक्ताको माग अनुसार माछा दिन नसकेको विराटनगरका माछा व्यवसायीको भनाइ छ। माछा आयातमा रोक लगाए सँगै माछाको मूल्यसमेत बढेको छ। 

भारतबाट विराटनगर नाका हँुदै दैनिक ६ टन भन्दा बढी भारतीय माछा आयात हुने गरेको माछा व्यवसाय संघका अध्यक्ष मालबावु सहनीले जानकारी दिए।
 
केही महिनादेखि प्रदेश २ बाट विराटनगरमा माछा आउने क्रम बढेको थियो। तर,  सरकारले भारतीय माछा आयातमा रोक लगाएसँगै प्रदेशको २ को माछासमेत आउन छोडेको छ। 

माछा व्यवसायी अजयकुमार सिंहले  भारतीय माछा आयातमा रोक लगाएसंगै व्यवसाय नै चौपट भएको बताए। माग अनुसार २० प्रतिशत माछा पुर्याउन नसकेको उनको भनाइ छ। 

‘नेपालमा उत्पादन भएको माछा दुई घण्टा बेच्न नपाउँदै सकिन्छ’, उनले भने, ‘त्यसपछि आएका ग्राहक खाली हात फर्किन्छन्।’ 
 
संघीय संसदमा सांसदले भारतबाट आउने मासुजन्य पशुपन्छीको गुणस्तरमाथि प्रश्न उठाएपछि कृषि विकास तथा पशुपन्छी मन्त्रालयले पशु स्वास्थ्य तथा सेवा ऐन, मासु जाँच ऐन, पशुपन्छी ढुवानी ऐनलगायतलाई एकीकृत रूपमा कडाइसाथ कार्यान्वयनमा ल्याएको हो। प्रतिबन्धपछि भारतबाट आउने सरुवा रोगमा नियन्त्रण आउने अपेक्षा गरिएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.