कालिकोटमा होली उत्सव
कालिकोट : रङको रमाइलो पर्व फागु पुर्णिमा होली पर्व बिहीबार कालिकोटमा भव्यताका साथ मनाइएको छ। विशेष गरी जिल्ला सदरमुकाममा युवा पुस्ताका साथै घर आफन्तबाट टाढा बसेर सरकारी सेवा दिइरहेका सरकारी कर्मचारीले निकै रमाइलो गरे।
जिल्ला सदरमुकाम मान्म बजारका पसलमा रङ, खेलौना, होलीमैत्री पोशाक किन्नेको भीड लाग्यो। जिल्ला सदरमुकाम मान्म बजारमा आधुनिक गीतसँगै नाचगान गरेर बजार परिक्रमा गर्दै होली मनाएका थिए।
प्रतिक्रिया दिनुहोस !
१