फेवातालमा ढल ! हाेली खेलेकाे पानीले बन्याे रातै..
पोखरा : फेवाताल प्रदूषणको चपेटामा परेको छ। धेरै पानी पर्ने भएकाले पोखरालाई नेपालको चेरापुञ्जी पनि भनिन्छ। पानी परेपछि सडक किनारका ढल सोझै तालमा मिसिदा ताल प्रदूषणको चपेटामा परेको हो।
बुधबार पोखरामा ठूलो पानी पर्दा होली खेलेको फोहोर सोझै फेवा तालमा पसेको हो। सडक किनारका ढल बाट निस्केको फोहोर पानी पोखराको प्रसिद्ध तालबाराही मन्दिर अघिबाट सोझै तालमा मिसिदा तालको एक भाग रातै बनेको थियो।
दिन भरी पर्यटक र स्थानीयले फागु पूर्णिमा मनाउँदा पोखिएको अविर पनि ढल हुँदै सोझै तालमा मिसिदा ढल मिसिएको स्थानमा ताल रातो बनेको हो।
ताल मुख्य प्रदूषण हुने स्थान फिर्के खोला मिसिने गाईघाटस्थित फेवाताल क्षेत्र हो। महानगरपालिकाले सोझै तालमा मिसाएको ढलहरु बाराही घाट, हल्लनचोक लगायातका क्षेत्रबाट पनि ताल प्रदूषणको चपेटामा पर्दै गएको छ।