एकीकृत बस्तीको शिलान्याससँगै विवाद

एकीकृत बस्तीको शिलान्याससँगै विवाद

सिन्धुपाल्चोक : प्रदेश ३ का सामाजिक तथा विकासमन्त्री युवराज दुलालले इन्द्रावती गाउँपालिकाको–५ प्युघर माझी भदौरे एकीकृत बस्तीको शिलन्यास गरेसँगै विवाद बढेको छ। मन्त्री दुलालले शिलान्यास गर्ने कार्यक्रम गाउँपालिकाका अध्यक्ष, केही वडा कार्यालय र स्थानीयवासीले कार्यक्रम बहिष्कार गरे।

अक्सफामको आर्थिक सहयोगमा महिला आत्मनिर्भरता केन्द्र मान्कले ३६ माझी परिवारका लागि बनाउन लागेको एकीकृत बस्ती शिलन्यास मंगलबार गरिने कार्यक्रम तय गरिएको थियो। गाउँपालिका, वडा, सहयोगी संस्था र बस्ती निर्माण समितिले बस्तीकै बृद्धबाट शिलान्यास गर्ने निर्णय गरेका थिए। तर, मंगलबार मन्त्रीले शिलान्यास गर्ने भनिएपछि विवाद बढ्दा शिलान्यास कार्यक्रम स्थगित भएको थियो। स्थानीयका अनुसार बुधबार नेकपाका कार्यकर्तासहित मन्त्रीले बस्तीको शिलान्यास गरेका छन्।

गाउँपालिका, वडादेखि स्थानीय माझीसमेतलाई सूचना नदिइ बुधबार शिलन्यास गरेपछि बहिष्कार गरेको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए। शिलान्यास कार्यक्रममा दाता संस्थाका सदस्यसमेत सहभागी थिएनन्।

‘वडाध्यक्ष, स्थानीयदेखि गाउँपालिकामा कार्यक्रमबारे कुनै खबर, छलफल गरिएको छैन्’, वंशलालले भने। सहयोगी संस्था, माझी भदौरे निर्माण समितिदेखि स्थानीय माझी समुदायले विरोध जनाउँदै अनुपस्थित भएका छन्। ‘सोझा माझीको नाममा राजनीतिक पहुँच देखाएर विवास्पद शिलन्यास गरिएको छ’, उनले भने। विरोधका बीच पनि मन्त्रीसहितको टोली निर्माणस्थलमा आएर शिलन्यास गरेपछि स्थानीय आन्दोलित बनेका छन्। सहयोगी संस्था महिला आत्मनिर्भरता केन्द्र (मान्क) र निर्माण पक्षले विवास्पद शिलन्यासमा सहभागी नै नभएको जनाएको छ।

महिला आत्मनिर्भरता केन्द्रकी अध्यक्ष डोल्मा तामाङ र कार्यक्रम संयोजक उमेश नकर्मीले राजनीतिक विवादका कारण शिलन्यास कार्यक्रममा नगएको बताएका छन्। सम्बन्धित पक्ष कोही उपस्थित नभइ विवादबीच गरिएको कार्यक्रमले एकीकृत बस्ती निर्माणमा अन्योल देखिएको इन्द्रावती गाउँपालिका वडा ५ का अध्यक्ष दुर्गाबहादुर तामाङले बताए। ‘जनप्रतिनिधिलाई खबर नदिइ पेलेर बस्ती शिलन्यास गरिएको छ। मन्त्रीज्यू विवादपूर्ण काम गर्नुभयो’, उनले भने।

स्थानीयका अनुसार नेकपाका कार्यकर्ताले सामाजिक तथा विकासमन्त्री ल्याउने आन्तरिक निर्णय गरेका थिए। स्थानीय निर्माण समितिसहित माझी समुदायले यसको विरोध गर्दै माइन्यूट च्यातेको माझी भदौरे एकीकृत बस्ती निर्माण समितिकी अध्यक्ष शर्मिला माझीले बताइन्।

‘ज्येष्ठ व्यक्तिबाट शिलन्यास गराउन संस्था, स्थानीय तह र निर्माणलगायत तिन पक्षको निर्णय हुँदाहुँदै यस्तो लज्जास्पद शिलन्यास गरिएको छ,’ शर्मिलाले भनिन्। हस्तक्षेपपूर्ण शिलन्यासले गर्दा एकीकृत बस्तीको काम विवादले गर्दा रोकिन पुगेको उनले सुनाइन्।

मन्त्री दुलालसहित नेकपा कार्यकर्ताले समुदाय, संस्थादेखि स्थानीय बिना शिलन्यास गरेपछि स्थानीय रुष्ट बनेको उनले प्रष्ट्याइन्। सामाजिक विकास मन्त्री दुलालले भने आफूलाई शिलान्यास गर्न भनेर निम्ता आएकाले आफू त्यहाँ पुगेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.