चुनाव नलड्ने मायावतीको घोषणा
एजेन्सी लखनउ : भारतीय लोकसभा चुनावमा बहुजन समाज पार्टी (बसपा) अध्यक्ष मायावतीले उम्मेदवारी नदिने घोषणा गरेकी छन्। उत्तर प्रदेशको राजधानी लखनउमा आयोजित पत्रकार सम्मेलनमा दौरान मायावतीले उक्त घोषणा गरेकी हुन्।
निर्वाचनमा पराजित हुनुपर्ने भएकाले उम्मेदवारी नदिएको नभएको उनको दाबी छ। उनले भनिन्, ‘मैले जहिले चाह्यो उहिले लोकसभाको चुनावमा विजयी हुन सक्छु।’ उनी आफू निकै लोकप्रिय भएकाले यस्ता अफवाहमा विश्वास गर्न नहुने पनि आग्रह गरिन्। यद्यपि यसपटक आफूले निर्वाचन नलड्ने उनले स्पष्ट पारिन्। आफ्नो पार्टी र यसका गठबन्धन निकै शक्तिशाली भएको पनि उनले चर्चा गरिन्। उत्तर प्रदेशमा बसपा प्रमुख मायावतीले समाजवादी पार्टीका नेता अखिलेश यादवसँग गठबन्धन गरेकी छन्। यसअघि परस्परमा सबैभन्दा ठूला दुश्मन घोषणा गर्दै सपा र बसपाले गठबन्धन गरेका छन्। अखिलेशले मायावतीलाई बुआ (फुपू) र मायावतीले बबुआ (भदा) भन्न थालेका छन्। मायादेवीले भनिन्, ‘लोकसभाको चुनाव लड्दिनँ। आवश्यकता भएमा फेसर कुनै पनि बेला कुनै पनि क्षेत्रबाट चुनाव लड्न सक्छु।’
दल र जनताको हितमा हुने ठहर्याएर आफूले चुनाव लड्न नहुने निर्णय गरेको उनले खुलासा गरिन्। उनले भनिन्, ‘चाहेको ठाउँ खाली गराएर चुनाव लडेर संसद् बन्न सक्छु। म निर्वाचनमा उठेँ भने देशभरका कार्यकर्ता मेरो प्रचार गर्न आउनेछन्, मैले रोक्दा पनि उनीहरूले मान्नेवाला छैनन्। यसबाट अरू क्षेत्रमा चुनाव प्रभावित हुनेछ। यसैले म चुनाव लड्दिनँ।’
भारतीय लोकसभाका ५४५ सिटमा उत्तर प्रदेशको निर्णायक भूमिका रहने गरेको छ। तीमध्ये सबैभन्दा अधिक कुल ८० सिट उत्तर प्रदेशबाट छन्। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई हराउन सपा, बसपा र आरएलडीले संयुक्त गठबन्धन तयार गरेका छन्। बसपा ३८, सपा ३७ र र आरएलडीले ३ सिटमा उम्मेदवारी दिने भएका छन्। कंग्रेस आईका नेताका लागि दुई सिट भने उनीहरूले खाली छोडेका छन्। अमेठी र रायबरेलीमा कंग्रेस आईका विरुद्ध उनीहरूले उम्मेदवारी नदिने भएका हुन्। यसैगरी कंग्रेसले पनि उक्त गठबन्धनका लागि सद्भाव कायम गर्न भन्दै ७ सिटमा उम्मेदवारी नदिने भएको छ।
भारतमा शक्तिशाली नेता शरद पवारले पनि निर्वाचनमा नउठ्ने घोषणा गरिसकेका छन्। आफ्नो राजनीति अप्ठेरोमा पर्ने भएपछि निर्वाचनको मुखमा नेताहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन्।