भैरहवामा धुमधामका साथ होली मनाइँदै (तस्बिरसहित)

भैरहवामा धुमधामका साथ होली मनाइँदै (तस्बिरसहित)

भैरहवा : आज होली अर्थात् फागु पूर्णिमा तराईका विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलीपल्ट तराईमा होली मनाउने गरिन्छ। यस्तै भैरहवाको विभिन्न स्थानको चोकमा साङ्गतिक कार्यक्रम गर्दै तथा एक आपसमा मित्रता, आत्मीयता र सदभाव दर्शाउन साथीभाइलाई अबिर तथा रङ लगाई होली पर्व मनाइँदै छ।

होली पर्वलाई सदभावपुर्ण बनाउनका लागि रुपन्देही प्रशासनले जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ।जिल्लाभरी ६७ वटा पिकेट, १८ वटा गाडी मोबाइल गस्ती, ३२ वटा मोटरसाइकल गस्ती, ठाउँठाउँमा चेकिङ प्वाइन्ट, प्रहरीका टिमहरु विभाजन गरी जिल्लाभरी खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए । उनले अहिलेसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको बताए। 

त्यस्तै होली पर्वलाई लक्षित गरी जिल्लाभर ७ सय बढी प्रहरी परिचालन गरिएको उनले बताए।कसैको इच्छा विपरित लोला हान्ने, रङ लगाउने, ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवन गरेर होहल्ला, झैझगडालगायत जस्ता क्रियाकलाप गर्नेहरुलाई पक्राउ गरी कारवाही गर्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.