भारतको गुजरातमा पबजी खेल्नेहरु पक्राउ परे
नयाँदिल्ली : भारतको गुजरातमा नयाँ भिडियो गेम पबजीका प्रयोगकर्ताहरु पक्राउ परेका छन् । प्रतिबन्ध लगाइएको उक्त गेम खेलेको भन्दै गुजरात प्रहरीले १० जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश विद्यार्थी छन् ।
प्रहरीले जारी गरेको सूचनामा बालबालिकाको समग्र आनीबानीमा उक्त गेमले असर गर्ने भएकाले पक्राउ गरिएको उल्लेख छ । उक्त गेमले बालबालिकाको पढाइमा पनि असर गर्ने दावी प्रहरीको छ ।
यसअघि भारतका विभिन्न सहरमा पबजी गेमका कारण आपराधिक घटना बढेको भन्दै प्रहरीले गुजरातमा यसमाथि कडाइ गरेको बताएको छ । केही दिनअघि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस किसिमको गेमले बालबालिकामा एडिक्सनकै रुपमा असर गर्ने भनाइ प्रहरीको छ ।