रुकुममा प्रथम प्रादेशिक महोत्सव सुरु
रुकुम पश्चिम : जिल्लाको सदरमुकाम मुसीकोटमा प्रथम प्रादेशिक कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ। कृषि उत्पादनको व्यवसायिकरण, पर्यटन प्रवर्द्धन तथा कला संस्कृतिको संरक्षण तथा प्रचार-प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले बिहीबार उद्घाटन गरेका हुन्।
रुकुम पश्चिम समृद्धिका आधार, कला, संस्कृति, पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव यहि चैत्र १७ गतेसम्म संञ्चालन हुनेछ। लोक तथा दाहोरी गीत प्रतिष्ठान रुकुमले प्रतिष्ठानको भवन निर्माण सहयोगार्थ भनेर आयोजना गरेको महोत्सवमा व्यवसायिक स्टल, बाल उद्यानका साथै हरेक दिन राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तूति रहने प्रतिष्ठानका अध्यक्ष अमित परियारले जानकारी दिए।
महोत्सवभर दर्शकलाई मनोरञ्जन दिन निखिल उप्रेती, विराज भट्ट, प्रमोद खरेल, पशुपती शर्मा, कुलेन्द्र विक आदि कलाकारको सांस्कृतिक प्रस्तूति रहने आयोजकले जनाएको छ।