शिक्षा सेवाका उप–सचिव समायोजना एक महिना ढिलो हुने
काठमाडौं : संघ, प्रदेश र स्थानीय तहमा समायोजना भएको शिक्षा सेवाका उप–सचिवले चैत २१ गतेसम्म पुरानै ठाउँमा काम गर्नुपर्ने भएको छ ।
फागुन २१ गतेको निर्णय अनुसार समायोजना भएका उप–सचिवलाई सम्बन्धित कार्य स्थलमा पठाइ सकिएको भएपनि तत्काल माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षा परेकोले पुरानै ठाउँमा काम गर्न शिक्ष्ाँ विज्ञान तथा प्रविधी मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्री स्तरीय निर्ण अनुसार अनुसार एसईई परीक्षा सम्पन्न हुने अन्तिम मिति चैत २१ गतेपछि मात्र नयाँ कार्यालयमा जान उप–सचिवलाई निर्देशन दिइएको छ ।
जिल्ला स्तरमा रहने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख पनि समायोजनामा परेको तर ती कर्मचारीहरु तत्काल सरुवा भएर जाँदा एसईईको परीक्षा प्रभावित हुने भएकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
समन्वय इकाइका प्रमुख एसईई परीक्षा सञ्चालनको लागि जिल्लामा रहने परीक्षा सञ्चालन समन्वय ईकाइको सदस्यसचिव हुने व्यवस्था छ । एसईई परीक्षा चैत १० गतेदेखि सञ्चालन हुँदैछ ।