चपली र ककनी विस्फोटका आरोपी पक्राउ

चपली र ककनी विस्फोटका आरोपी पक्राउ

काठमाडौं : गोली चलाएर नियन्त्रणमा लिइएका सिन्धुपाल्चोक जुगल गाउँपालिकाका विशाल तामाङ गत वर्ष मंसिरमा भएका दुई बम विस्फोटको घटनामा संलग्न रहेको प्रहरीले दाबी गरेको छ। 

संविधान सभाको चुनावको प्रचारका क्रममा गत वर्ष मंसिर १ गते नुवाकोट ककनी पुगेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामशरण महत चढेको गाडी एम्बुसमा परेको थियो। 

विस्फोटले उनीसहित गाडीमा सवार चारजना घाइते भएका थिए। उक्त एम्बुस थाप्ने योजनाकारमध्ये तामाङ पनि एक रहेको जानकारी महानगरीय प्रहरी अपराध महाशखाले दिएको छ। 

गत वर्ष मंसिर १८ गते राजधानीको चपली हाइटमा कांग्रेसका नेता गगन थापालाई लक्षित गरि गराइएको बम विस्फोट घटनामा पनि तामाङको संलग्नता रहेको प्रहरी दाबी छ।

महाशाखाका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार तत्कालीन समयमा बम विस्फोटको घटनाबारे अनुसन्धान गर्दा तामाङको संलग्नता खुलेको थियो। विष्फोटमा थापासहित ११ जना घाइते भएका थिए। 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता रहेका तामाङ र अर्का झापा मेची नगरपालिकाका शिव धिमाललाई महाशाखाको प्रहरी टोलीले मंगलबार राति काभ्रे रोशी गाउँपालिकामा गोली हानी नियन्त्रणमा लिएको थियो। 

महाशाखाको प्रहरी टोली नेकपाको मध्यक्षेत्रीय इन्चार्ज हेमन्त प्रकाश ओलीलाई पक्राउ गर्न पुगे पनि उनी प्रहरीको गोलीको आवाज सुनेपछि भागेका थिए। 

प्रहरीले ओली बसेको घरमा छापामारेको थियो। तर, ओली औषधी र चश्मा छाडेरै भागेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.