कम्युनिष्ट सरकारकै कारण देश द्वन्द्धको भुमरी फस्ने भयो : रमेश लेखक

कम्युनिष्ट सरकारकै कारण देश द्वन्द्धको भुमरी फस्ने भयो : रमेश लेखक

बैतडी : नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान सरकारका गतिविधिले देश फेरि द्वन्द्धको भुमरीमा फस्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस बैतडीले बिहीबार शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरेको अन्तरक्रिया तथा गिरिजाप्रसाद कोइराला स्मृति दिवस समारोहमा बोल्दै नेता लेखकले वर्तमान सरकार अधिनायकवादी बाटोमा लागेको आरोप पनि लगाए ।

समारोहमा बोल्दै उनले भने ‘वर्तमान सरकारका कारण एक वर्षकै अवधिमा नेपाली जनतामा निराशा छाएको छ । कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा सरकार अघि बढ्न सकेको छैन ।’

वर्तमान सरकारले विकास निर्माणका काम अगाडि बढाउन नसकेको आरोप लगाउँदै पूर्वमन्त्री लेखकले विगतमा शुरुवात गरेका योजना समेत अलपत्र अवस्थामा रहेको दाबी गरे ।

उनले भनेका छन् ‘कम्युनिष्टहरुले चौबाटोमा छोडेको संविधान नेपाली कांग्रेसले निर्माण गर्यो । अहिले विकास निर्माणका काम पनि चौबाटोमै छोड्न थालेका छन् । फेरि पनि जनताका आकांक्षा पूरा गर्ने अभिभारा नेपाली कांग्रेसको काँधमा आउनेछ ।’

विप्लव नेतृत्वको माओवादीप्रति सरकारले देखाएको कडापनप्रति लक्षित गर्दै नेता लेखकले कम्युनिष्टहरु नै देशलाई द्वन्द्धमा फसाउन उद्दत रहेको आरोप लगाए । उनले भने ‘नेपाली जनता शान्ति चाहान्छन् । तर वर्तमान सरकार शान्ति सुरक्षा दिन असफल भइसकेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.