शुक्रबारदेखि ईपीएस आवेदन
काठमाडौँ : शुक्रबारदेखि कोरियन भाषा परीक्षाको आवेदन खुल्ने भएको छ। राेजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाका लागि पोखरा र काठमाडौंमध्ये परीक्षार्थीले आफूले चाहेको केन्द्र रोज्न पाउने छन्।
ईपीएस शाखाका अनुसार सुरुमा फारम भर्ने १२ हजारले मात्र पोखरा केन्द्र रोज्न पाउने छन्। आवेदनको सयम चैत्र १७ गतेसम्म तोकिएको छ।
सन् २०१९ को ईपीएस परीक्षा आगामी जेठ २५ र २६ मा हुँदैछ। कोरियाले १६ देशबाट वार्षिक ५० देखि ५५ हजार कामदार लाने गरेको छ। कोरियाले नेपाली कामदारको कोटा दुई हजारले बढाएको छ। यो वर्ष १० हजार ५० कामदार लाने तयारी गरेको छ।
उत्पादनमूलक क्षेत्रमा सात हजार ५० र कृषि तथा पशुपालनतर्फ ३ हजार कामदार लाने वैदेशिक रोजगार ईपीएस शाखा कार्यालयले जनाएको छ।