१ सय ६४ केजी चरेससहित भारतीय पक्राउ

१ सय ६४ केजी चरेससहित भारतीय पक्राउ

धादिङ : धादिङको पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका-१ गजुरीबजारबाट १ सय ६४ किलो चरेससहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। लुकाइ छिपाइ अवस्थामा प्रतिबन्धित लागूऔषध चरेस ओसार पसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चरेस बरामद गर्न सफल भएको हो।

चरेसको अवैध तस्करी हुँदै छ भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यलय धादिङको प्रहरी निरीक्षक भोलामानसिंह अधिकारी र नवराज ढुङगेलको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो।काठमाडौँदेखि भारतको मुजहफपुर नगर सामली उत्तर प्रदेश जाँदै गरेको युपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक चेकजाँचका क्रममा शुक्रबार बिहान चरेस फेला परेको हो। चरेससँगै पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका मरेठ जिल्ला मरेठसिटि लिसारी गेट थाना बस्ने २३ वर्षीय मौ महताव छन्।

ट्रकको क्याविनको माथिल्लो भागमा आठवटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए। उनले भने, 'लागूऔषध ओसारपसारका लागि हामीले विशेष प्रहरी परिचालन गरेका छौँ, त्यसकौ परिमाणस्वरुपमा पछिल्ला दिनमा ठूलो मात्रामा चरेस बरामद भइरहेको छ।'

राजधानी काठमाडौं भित्रिने र काठमाडौं हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागूऔषधको ओसारपसारको मुख्य नाका बनेको छ।

गत फागुन २६ गते पनि गजुरीबाटै प्रहरीले १ सय ५ किलो चरेससहित ३ जना पक्राउ गरेको थियो। त्यस्तै गत माघ २७ गते पनि ३ सय ६० केजी चरेससहित ३ जना पक्राउ गरेको थियो भने गत पुस १९ गते पनि २ सय ३५ केजी चरेस सहित २ जना पक्राउ गरेको थियो।

दक्षिणी धादिङ र मकवानपुरको सीमा क्षेत्रस्थित महाभारत पर्वत श्रृंखला क्षेत्रमा अवैधरुपमा चरेस उत्पादन हुने र गाँजा खेति हुने गरेको छ। नेपाल प्रहरीले हरेक वर्षजसो अभियानकै रुपमा गाजा फडानी गरेको भएपनि धादिङको बाटो भएर हुने गाजा तथा चरेस तस्करीमा कमी आएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.