सर्लाहीमा उखुबारीमा आगलागी, ७४ कठ्ठामा लगाएको उखु जलेर नष्ट
मलंगवा : सर्लाहीको धनकौल गाउँपालिका- ६ सिसौट सोनार टोलमा शुक्रबार दिउँसो उखुबारीमा आगलागी हुँदा ७४ कट्ठामा लगाएको उखु जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय मोहन साहले आफ्नो खेतमा लगाएको उखुको पात जलाउने क्रममा अचानक नजिकै रहेको उखु खेतमा आगो सल्किन पुग्दा १३ जना किसानले लगाएको उखु जलेर नष्ट भएको प्रहरीले जनाएका छन्।
आगलगीबाट धनकौल गाउँपालिका-६ का दिपललाल साहको ४ कठ्ठा, बैजनाथ साहको ८ कठ्ठा, प्यारेलाल साहको ८ कठ्ठा, रमेश साहको १० कठ्ठा, शंकर साहको ६ कठ्ठा, नागेश्वर साहको ५ कठ्ठा, रामेश्वर साहको ४ कठ्ठा, सुकदेव साहको ४ कठ्ठा, सुरेन्द्र साहको ७ कठ्ठा, आनन्दी साहको ४ कठ्ठा, जंगीलाल साहको ३ कठ्ठा, मोतिलाल साहको ४ कठ्ठा, जुगल साहको ७ कठ्ठा र बिरेन्द्र साहको २ कठ्ठामा लगाएको उखु जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगो स्थानीय र प्रहरीको सहयोगमा ढेड घण्टापछि नियन्त्रणमा आएको थियो।