जनकपुरमा यसरी मनाइयो 'होरी' (फोटोफिचर)
जनकपुरधाम : देशभर होली पर्व सकिएको छ। तर, शुक्रबार जनकपुरमा धुमधामका साथ ‘होरी’ मनायो।
पहाडसँगै मधेशका अधिकांश जिल्लाहरुमा बुधबार र बिहीबार होली मनाएको थियो। तर, आजको दिन जनकपुरमा विशेष रह्यो। प्रदेश–२ सरकारले पनि शुक्रबार नै होलीको लागि सार्वजनिक विदा दियो।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा जनकपुर आएर अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलीपल्ट जनकपुरमा होली मनाउने चलन छ। पूर्णिमाको अन्तरगृह परिक्रमा गरिने हुनाले सो दिन नगरक्षेत्र भित्र मदिरा र माछा मासुको सेवन वर्जित हुन्छ।
यही कारणले पनि यस वर्षको आज मनाइएको हो। बिहीबार जनकपुरमा अन्तरगृह परिक्रमा गरिएको थियो।