सेना प्रधानमन्त्री मातहत राख्‍ने निर्णयप्रति पौडेलको आपत्ति

सेना प्रधानमन्त्री मातहत राख्‍ने निर्णयप्रति पौडेलको आपत्ति

सिन्धुली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाई नेतृत्वको नेकपाको सरकार सर्वसत्तावादतिर लागेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले अख्तियार, सर्वोच्च अदालत, सेना परिचालनको अधिकार आफैँमा केन्द्रित गर्दै ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अघि बढेको आरोप लगाएका हुन् ।

नेपाली सेना प्रधानमन्त्री मातहतमा राखेर सञ्चालन गर्न सरकार अघि बढेको प्रति आपत्ति जनाउँदै नेता पौडेलले यस्तो कार्य नेपाली कांग्रेसलाई कुनै हालतमा मान्य नहुने जिकिर गरे । उनले अर्को एक प्रसंगमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीमाथी लगाइएको प्रतिबन्ध र सिके राउतबीचका ११ बुँदे सहमतिले देशमा गम्भीर संकट निम्त्याउने खतरा औँल्याए । उनले भने, ‘विप्लव समूहलाई कसरी मूलधारमा ल्याउनुपर्छ भन्ने प्रचण्ड र केपी ओलीलाई राम्रोसँग थाहा छ । तर, विप्लव पार्टी नै प्रतिबन्ध लगाउनु लोकतन्त्र माथिको प्रहार हो ।’ राउतसँग ११ बुँदे सम्झौता गर्ने सरकारले विप्लवसँग भने वार्ता गर्न नसक्नु आश्चर्य व्यक्त गरे ।

अधिकांश समय ओली नेतृत्वको सरकारको आलोचना गरेका नेता पौडेलले काण्डैकाण्ड, भ्रष्टचार नै भ्रष्टचार भएकाले नेपाली राजनीतिक इतिहासमै यो सरकार असफल सावित भएको दावी गरे । उनले, सुन काण्ड, वाइडबडी काण्डमा सरकारकै संलग्नता रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले यस्ता काण्डका बारेमा स्वयतपत्र जारी गर्नुपर्ने माग समेत राखे । 

राजासँग भन्दा कस्युनिष्टसँग लड्न कठिन भएकाले चनाखो रहन नेता कार्यकर्तालाइ पौडेलको निर्देशन दिए । कम्युनिष्टहरुले शब्द फेरेर जनतालाइ झुक्याउने गरेको उनले बताए । कहिले जनवाद, कहिले बहुदलिय जनवाद, अनि समाजवाद, फेरी वैज्ञानिक समाजवाद कति झुक्याउन सकेको, यस्तो कहिं हुन्छ ? पौडेलले प्रश्न गरे ।

पौडेलले पार्टी नेतृत्व गुठको अन्त्य गर्दै नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने जोड दिए । उनले पार्टीको अबको नेतृत्व सभापति देउवाबाट नचल्ने संकेत गर्दै समय र परिस्थितिअनुसार जनताले चाहे आफुले लिने पनि खुलासा गरे ।
पार्टी सभापति देउवातर्फ लक्षित गर्दै पौडेलले भने, ‘सोच्न, बोल्न र गर्न नसक्ने नेतृत्व रहुन्जेल पार्टी उभो लाग्दैन। अब नेताले हैन कार्यकर्ताले नेतृत्वको मुल्यांकन गर्ने बेला आएको छ ।’ पौडेलले लोकतन्त्रलाई खत्तम पार्न, जात, धर्म, संस्कृति, भुगोल र क्षेत्रका नाममा हुने सबै गतिविधि लोकतन्त्र र प्रजातन्त्रमाथीको आक्रमण भएको तर्क गरे । मधेसीको जनताको मानसपटलमा भ्रम छर्ने काम भएकाले भोलीबाटै प्रदेश नं २ बाट आफुले मधेस संवादको थालनी गर्ने योजना बनाएको छु,’ उनले भने । 
कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा सरकारमा बाँदर प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे । तत्कालिन माओवादी र एमालेलाई संकेत गर्दै रामायणको  प्रसंग झिकेर उनले भने', राम, रावण र हनुमानको युद्ध जस्तो बन्दुक बोकेर जंगल छिरेका बाँदरहरु रावणलाइ हराइ सँगै सिंहदरबारप्रवेश गरेकाले अहिलेको अवस्था त्यस्तै बनेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.