फोटोमा कर्णाली कथा

फोटोमा कर्णाली कथा

काठमाडाैं : भदौ महिनाको रात। फोटोग्राफर नवीन बराल हुम्लाको फाया डाँडामा टेन्ट बिछ्याएर सुत्ने तरखर गर्दै थिए। त्यति नै बेला उनले खुला आकाश नियाले। गजबको तारापुञ्ज देखियो। उनले हतारहतार क्यामेरा निकालेर तस्बिर खिचे, जहाँ चन्द्रमाको प्रकाशले हिमाल टल्किरहेको थियो। अनि आकाश तारा जगमगाइरहेको थियो।

आर्ट काउन्सिलमा गत हप्ता प्रदर्शनीमा राखिएको ‘द कर्णाली’ शीर्षकका ६० भन्दा बढी तस्बिरमध्ये एक तस्बिरको कथा हो यो। प्रदर्शनीमा कर्णाली नदीको मुहान रहेको चीनको तिब्बतदेखि नेपाल हुँदै भारतको गंगा नदीको संगम सम्मका तस्बिर समेटिएका थिए।

नेपाल रिभर कन्जरभेसन ट्रस्ट (एनआरसीटी)ले आयोजना गरेको कर्णाली अभियान २०१८ सेप्टेम्बर १६ बाट सुरु भएर अक्टोबर २९ मा सकिएको थियो। नवीन भन्छन्, ‘४४ दिन लगाएर हाम्रो टिमले एक हजार ८० किलोमिटरको यात्रा ग¥यो।’ यात्राका क्रममा कहिले पैदल त कहिले डुंगाको सहायता लिइएको उनी बताउँछन्। ‘चीन र भारत तर्फको यात्रामा भने प्रायः सवारीसाधनबाटै यात्रा गरिएको थियो।’

यात्रामा डकुमेन्ट्री निर्माता, फोटोग्राफर, वैज्ञानिक, अनुसन्धाता, वातावरण पत्रकारको सहभागिता थियो। यात्राको मुख्य उद्देश्य कर्णाली नदीका बारेमा जानकारी हासिल गर्नु थियो। साथै कर्णाली क्षेत्रको सामाजिक सांस्कृतिक विविधता, वातावरणीय अवस्था र महत्त्वको पहिचान गर्नु पनि थियो।

बराल भन्छन्, ‘कर्णाली क्षेत्रको विकासका लागि कर्णाली नदीलाई दीर्घकालीन रूपमा कसरी प्रयोगमा ल्याउने भन्ने अनुसन्धान रिपोर्ट यो टिमले तयार पार्दै छ।’ अनुसन्धानबाट कर्णालीमा पर्यटन विकासदेखि हाइड्रो पावर सञ्चालन गर्न सम्भाव्यताको खोजी भएको उनी बताउँछन्। यस अभियानमा नवीन र रमेश भुसाल फोटोग्राफर थिए।

तस्बिरमा तिब्बतको सिमाना, अपर हुम्ला, हिल्सा, स्थानीयवासी र जनजीवन उतारिएको छ। कर्णाली ‘राक्षस ताल’बाट आउने हुँदा कर्णाली क्षेत्रको विकास हुन नसकेको मान्यता त्यहाँका बासिन्दाको छ। तर, अनुसन्धानका क्रममा कर्णालीको मुहान तिब्बतको माच्छा खम्बा (मयूरको प्वाँखबाट) भएको पत्ता लागेको छ। तिब्बती भाषामा उक्त मुहानलाई ‘माप्चा चुंगो’ भनिन्छ।

प्रदर्शनीमा कर्णाली नदी वरपरका बासिन्दा र त्यहाँको भौगोलिक परिवेश पनि समेटिएको थियो। बरालका अनुसार नेपालको कर्णालीको पर्यावरण तिब्बत र भारतको भन्दा स्वच्छ छ। यसलाई प्रमाणित गर्न आफूले वाइल्ड एन्ड सिनिक भ्युलाई तस्बिरमा समावेश गरेको उनी बताउँछन्। प्रदर्शनीमा भुसालद्वारा खिचिएका तस्बिर पनि थिए।

कर्णाली नदीको बहाव भौगोलिक परिवेशसँगै भिन्न भएको बरालले प्रत्यक्ष देखे। साथै यहाँ बसोबास गर्ने मानिस पनि भिन्न परिवेशका भेटे। मुहान बिन्दुमा तिब्बतियन, भोट जाति, नेपालतिर हुम्लाका हुम्ली, माझी, दक्षिणतिर भारतीयको बसोबास छ। बराल भन्छन्, ‘कर्णाली यात्रा मेरो जीवनको अविस्मरणीय क्षण हो, जहाँ मैले भौगोलिक विविधतालाई नजिकबाट हेर्न पाएँ।’ प्रदर्शनी शुक्रबार सकियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.