घरबाटै एसईई दिँदै करिश्मा

घरबाटै एसईई दिँदै करिश्मा

बैतडी : जिल्लाका सबै ठाउँमा धमाधम माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ।सबै परीक्षार्थी परीक्षा केन्द्र पुगेर जाँच दिइरहेका छन्।तर देहीमाडौंकी एक छात्रा भने घरबाटै एसईई दिन थालेकी छन्।अपांगता भएका कारण केन्द्रसम्म पुग्न नसक्ने भएपछि करिश्मा बोहराका लागि घरबाटै एसईई परीक्षा दिने व्यवस्था मिलाइएको हो। 

करिश्माको मणिलेक मावि गुरुखोलामा केन्द्र भएको भएपनि उनी जान नसक्ने भएपछि घरबाटै परीक्षा दिने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। उनले आवतजावतमा समस्या हुने भएकाले करिश्माका लागि घरबाटै परीक्षा दिने व्यवस्था मिलाएको बताए।परीक्षा घरबाटै दिन पाउँदा उनी खुसी छिन्।

उनको परीक्षाका लागि एकजना निरीक्षक र एकजना सुरक्षाकर्मीको व्यवस्था गरिएको इकाइ प्रमुख अवस्थीले बताए। 'अपांगता भएकै कारण करिश्माले विद्यालय जान सकेकी थिइनन्, हामीले उनीसहित उनको दिदीका लागि समेत घरमै पठनपाठन गराउन शिक्षकको व्यवस्था गरेका छौं।अहिले परीक्षा पनि घरबाटै दिने व्यवस्था गरेका हौं।'

आफूले घरमै पढ्न पाएको र घरबाटै परीक्षा दिन पाउँदा खुसी लागेको करिश्माले बताइन्। उनले भनिन्, 'हामी दिदी बहिनी अपांगता भएकै कारण शिक्षाबाट बञ्चित भएका थियौं। यो वर्षबाट हाम्रो घरमै शिक्षकको व्यवस्था गरेर पठनपाठनको व्यवस्था पनि मिलाइएको छ। घरबाटै परीक्षा दिन पाएकी छु। निकै खुसी लागेको छ।'

देहीमाडौं पूर्णबहादुर बोहरा र देवकी बोहरा चार सन्तानमध्ये दुई छोरी र एक छोरा अपांगता छन्।बोहराका छोरी ठूला भइसकेकाले बोकेर विद्यालय लैजान नसक्दा घरमै पढाइको व्यवस्था गरिएको हो। यो वर्षदेखि शिक्षा विकास तथा समन्वय इकाइ, दशरथचन्द नगरपालिका र दशरथचन्द नगरपालिका-२ को कार्यालयको सहयोगमा घरमै शिक्षकको व्यवस्था गरेर उनीहरुको पठनपाठन सहयोग गरिएको हो।

'घरमै शिक्षकको व्यवस्था गरेर मेरो छोरीहरुको पढ्ने इच्छा पूरा भइहेको छ।अहिले कान्छी छोरीले घरबाटै एसईई परीक्षा पनि दिन पाएकी छे। यसले हामीलाई धेरै खुसी लागेको छ। छोरीहरुको पठनपाठन कार्यलाई निरन्तरता दिनका लागि हामीले पनि फेरी पनि सहयोगको आशा गरेका छौं, पूर्णबहादुर बोहराले भने, 'घरबाटै छोरीले एसईई परीक्षा दिने व्यवस्था मिलाएकोमा सबै प्रति आभारी छौं।सबैलाई धन्यवाद छ।'

यस्तै सुर्नया गाउँपालिकास्थित केदार मावि कठमडाकी छात्रा दीपा बोहराले सहयोगीमार्फत परीक्षा दिँदै छन्। दृष्टीविहीन र शारीरिक अपाङगता भएकी दीपाको कक्षा ९ मा अध्ययनरत सुमीत्रा साउँदले परीक्षा सहयोगी भएर परीक्षा दिएकी हुन्। रौलेश्वर माविमा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी दीपा परीक्षामा लेख्न नसक्ने भएकाले यो व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ।

यसैबीच बैतडी कारागारबाट पनि एकजना कैदीबन्दीले यस वर्षको एसईई परीक्षा दिएका छन्।कारागारबाट परीक्षा दिनेमा पंञ्चेश्वर गाउँपालिका-१ सेरीवैशेका अजय घटाल हुन्। ०७५०२१३ आई सिम्बोल नम्बर भएका उनी विरेन्द्र माध्यमिक विद्यालय शाहीलेकमा दूर शिक्षाका विद्यार्थी हुन्।शिक्षाबाट कोही पनि बञ्चित नहुन् भन्ने अवधारणअनुसार उनलाई कारागारमै परीक्षा दिने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ।

बैतडीमा माध्यमिक शिक्षा परीक्षा एसईई पहिलो दिन शान्तपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। आइतबार भएको अंग्रेजी विषयको परीक्षामा नियमिततर्फ ४१ जना, ग्रेड वृद्धितर्फ ५० जना र पुरानो ग्रेडवृद्धि तर्फ ४१ जना अनुपस्थित रहेका विद्यालय निरीक्षक शंकरदत्त जोशीले बताए। जिल्लामा ५ हजार ८ सय १८ जना परीक्षार्थी रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.