लमजुङमा किरियापुत्रीले दिए एसईई

लमजुङमा किरियापुत्रीले दिए एसईई

बेंसीसहर : लमजुङमा एक किरियापुत्री एसईई परीक्षामा सहभागी भएका छन्। बुबाको किरिया बसेका बेंसीसहर नगरपालिका-७ का दरेश पौडेल परीक्षामा सहभागी भएका हुन्। खाली खुट्टा, सेतो कपडामा पौडेल ६ दिनदेखि बुवा टोखबहादुरको किरियामा छन्। 

चितवनको रत्ननगर नगरपालिका टाँडीस्थित श्रीराम बैद्धिक संस्कृत गुरुकुलमा अध्ययनरत पौडेल बुबाको किरिया गर्न लमजुङ आएका थिए। एसईई परीक्षा समितिको विशेष बैठकले उनको परीक्षा केन्द्र बेंसीसहर सारिएको थियो। उनलाई बेंसीसहरस्थित जनविकास मावि केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको हो।

जिल्लामा संस्कृतका परीक्षार्थी नभएकाले चितवनबाटै प्रश्नपत्र झिकाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायण रेग्मीले बताए। बुवाको जुठो बारेको हुनाले उनका लागि छुट्टै कोठा उपलब्ध गराइएको केन्द्र प्रमुख रत्नमान श्रेष्ठले बताए।

३२ अनुपस्थित 
आइतबार भएको अंग्रेजी विषयको परीक्षामा जिल्लाभरका केन्द्रबाट ३२ परीक्षार्थी अनुपस्थित भएका छन्। खुलातर्फका ४ जनासहित ३२ परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ। अनुपस्थित हुनेमा १५ छात्र र १७ छात्रा छन्।

इकाइका अनुसार यस वर्ष सामुदायिक ७९ र नीजि २१ गरी १ सय विद्यालयका २ हजार ९ सय ९० परीक्षार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएका थिए। जसमा १ हजार ६ सय १४ छात्रा र १ हजार ३ सय ७६ छात्र थिए। ग्रेड वृद्धिका लागि ३० जना परीक्षार्थी सहभागी भएका छन्। जिल्लामा १८ परीक्षा केन्द्र छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.