थारु कलाकारलाई 'विन्दास म्युजिक अवार्ड'
धनगढी : थारु संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि भएको ‘विन्दास म्युजिक अवार्ड २०७६’ विभिन्न क्षेत्रका व्यक्तिहरुलाई हालै वितरण गरिएको छ। धनगढी एक कार्यक्रम गरी जिल्लामा रहेका थारु कलाकारहरुलाई अवार्ड वितरण गरिएको हो।
घोडाघोडी मिडिया सञ्चार समुह (बिन्दास मिडिया) ले १८ विधामा राष्ट्रिय स्तरका थारु कलाकारहरुलाई म्युजिक अवार्डबाट सम्मानित गरेको हो। विन्दास अवार्डबाट सम्मानित हुनेहरुमा सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष) तर्फ खेम चौधरी, महिला तर्फ समीक्षा चौधरी, लोक गीत गायन (पुरुष) राजु चौधरी, लोक गीत गायन (महिला) समीक्षा चौधरीले अवार्ड पाएका हुन्।
सर्वोत्कृष्ट पप गायन (पुरुष) रोशन रत्गैंया, पप गायन (महिला) अन्जु कुश्मी, युगल मोडलमा राज कुश्मी र अन्जु कुश्मी, महिला मोडेल शुशिला कार्की, फिल्म स्कृप्ट लेखक राजकुमार श्रेष्ठ, फिल्म निर्देशक चन्द्र चौधरी (चाँद), म्युजिक भिडियो निर्देशक मुन्ना लभ कुश्मी, छायांकनमा जितु चौधरी, दृश्य सम्पादनमा शाहिल चौधरी अवार्डबाट सम्मानित भएका छन्।
त्यसैगरी नव प्रतिभा (पुरुष) तर्फ राजेश चौधरी, नव प्रतिभा (महिला) सृजना चौधरी, सर्वोत्कृष्ट गीत सोल्हा सृंगारका सुवेश कठरिया, सर्वोत्कृष्ट गीतकार सुवेश कठरिया, मोडल (पुरुष) देवदास चौधरी, मोडल (महिला) सुशिला कार्की र युगल मोडलमा राजकुश्मी र अन्जु कुश्मीलाई सम्मानित गरेको हो।
अवार्डका लाग थारु कलाकार संघका केन्द्रिय अध्यक्ष विनय वैद्य, लेखक सुशील चौधरी, थारु लोकगायक मनिराम चौधरी, नृत्य निर्देशक सुधराम दहित र रामप्रसाद चौधरी लगायत पाँच सदस्यीय निर्णायक समिति गठन गरिएको थियो। अवार्डका लागि ४८ जना कलाकारको प्रतिस्पर्धा थियो।
थारु चलचित्र, म्युजिक भिडियो, तथा थारु लोककला क्षेत्रका कलाकारहरुलाई सम्मानस्वरुप अवार्ड कार्यक्रम र थारु कलाकारहरुलाई समाज, संस्कृति, भाषा, कलाको विकासमा जागरुक गर्न र उत्प्रेरित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक हरेन्द्र चौधरीले जनाए।