‘अनुहारको भीड’मा युवा आवाज

‘अनुहारको भीड’मा युवा आवाज

आमा !

तिम्रो गर्भाशयको यति बाक्लो ओछ्यान
त्यसवेला बिझाउन थालेको हो मलाई
जब
म हुनुको प्रमाण लिएर तिम्रो महिनावारी रोकियो

भित्तैभरि नवजात छोराका पोस्टरमा
आजित मुस्कान टाँस्यौ।

शनिबार सर्वनाम नाटकघरमा विमोचित गरिएको ‘अनुहारको भीड’ पुस्तकभित्र समावेश एउटा कविताको पंक्ति हो यो। कवि सम्पदा रिजालको ‘भु्रणको आत्मकथा’ शिर्षकको यो कवितामा भ्रुण हत्याको विषयलाई उठाइएको छ। १७ कविहरुको १ सय २ कविता समावेश यस पुस्तकमा साठ्ठीका दसक पछिका समकालीन कविहरुको सशक्त भाव व्यक्त भएको छ।

पुस्तक विमोचनको औपचारिक कार्यक्रममा प्रमुख अतिथी तथा वक्ताका रुपमा साहित्यकार राजन मुकारुङ, गुरुङ सुशान्त र वन्दना ढकालको उपस्थिति रहेको थियो। पुस्तकमा समावेश कविताबारे बोल्दै मुकारुङले ‘अनुहारको भीड’ परिवर्तनको खोजी भएको बताए। उनले भने, ‘समग्रमा यो पुस्तक पढिरहँदा सबै कविहरुले खोजेको बाटो परिवर्तनको होे।’

युवा कविहरुले लेखेका कविताको समिक्षा गर्न मञ्चमा मुकारुङ र समालोचक बन्दना ढकालले आ–आफ्नो धारणा राखेका थिए भने सुशान्तले युवा कविहरुको कविता लेखनको अवस्थाबारे प्रश्न गरे। मुकारुङले अहिलेका युवा पुस्ताले मातृ भाषा, बिम्ब र मौलिकतालाई अझै प्राथमिकता दिन सके कविता परिवर्तनको सम्बाहक हुने धारणा राखे।

कार्यक्रममा अर्की वक्ता ढकालले युवा पुस्ताले प्रेमका कविता लेख्नु पर्ने बताइन्। ‘जबसम्म युवाले प्रेमलाई गहिराइमा बुझ्न सक्दैनन् तबसम्म उनीहरुल अन्य वैचारिक विषयमा बोल्न सक्दैनन्’ उनले भनिन्। 

कार्यक्रममा अनमोल कँडेल, विवस बाबु, अर्पन उत्कर्ष, शिखर भट्ट लगायतले कविता वाचन गरेका थिए। पुस्तकमा जयन्ती सरगम, मनोज मुश्किल, नवीन प्यासी, सम्पदा रिजाल जस्ता १७ युवा कविको १ सय २ कविता समावेश छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.