मधेस आन्दोलनका घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुरले तराई–मधेशमा भएको आन्दोलनका सम्बन्धमा छानविन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
राजपाकोतर्फबाट प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै ठाकुरले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजकत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्। उनले सभामुखको निर्देशन र सांसदको आग्रहपछि सरकारले लाल प्रतिवेदन सार्वजनिक गर्ने आस्वासन दिए पनि किन ढिलाइ भएको भनी प्रश्न उठाए।
नेता ठाकुरले स्थानीय तह अधिकार सम्पन्न भए पनि पूर्ण संरचना अझै बन्न नसकेको बताए।
बैठकमा नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले दक्षिणमा सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादति बढेको समाचार सार्वजनिक भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले संविधानमा अनिवार्य निःशुल्क शिक्षा अधिकार प्रभावकारी कार्यान्वयन नभएको भन्दै कार्यान्वयमा ध्यान दिन आग्रह गरे।
ङ्घीय संसद्को हिउँदे अधिवशेन आजदेखि अन्त्य भएको छ।