आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएका २४ खेलाडी

आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएका २४ खेलाडी

काठमाडौं : प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए टोलीबाट २४ जना खेलाडी सहभागी हुने भएका छन्। सात राष्ट्रबाट विभिन्न नौ खेलमा २२ पुरुष र दुई महिला गरी २४ जना एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले दिए। खेलाडीबाहेक एनआरएनएबाट दुई प्रशिक्षक र चारजना निर्णायक पनि आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनेछन्।

सबैभन्दा बढी कराँतेमा १२ जना खेलाडी सहभागी हुनेछन्। पुरुषतर्फ कराँतेमा यूएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन्। कराँतेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिकारीले मकाउ तथा १७औं इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्ने छिन्।

फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षकभूषण वज्राचार्य, गल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा यूएईका विक्की बुढा, सूर्य गिरी र हीरालाल श्रेष्ठ, म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा यूएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापामगरले सहभागिता जनाउने बताइएको छ।

पत्रकार सम्मेलनमा २४ खेलाडीले प्रतिस्पर्धा गर्ने स्पर्धासमेत सार्वजनिक गरिएको थियो। निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेका स्वर्ण पदकधारी सुनील लामा र पर्शुराम घिमिरे छन्। बृहत् राष्ट्रिय खेलकुदमा एनआरएनए टोली पहिलो पटक सहभागी हुन लागेको हो। आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय गरी ११ टोलीको सहभागिता रहनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.