ड्याट्सनका नयाँ मोडेलका कार बजारमा
काठमाडौं : ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ । सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको यस गाडीका विभिन्न तीन मोडेल गो ए (ओ), गो टी र गो टी (ओ) बजारमा उपलब्ध छ । सबै मोडेलका कार सार्वजनिक गरिएको छ ।
कम्पनीले आइतबार सार्वजनिक गरेको ड्याट्सन गोएओको मूल्य २४ लाख ९९ हजार, ड्याट्सन गोटीको मूल्य २५ लाख ९९ हजार र ड्याट्सन गोटीओको मूल्य २६ लाख ९९ हजार तोकेको छ । ती गाडीमा सुरक्षाका लागि थप फिचर दिइएको छ । गाडी मूल्य सस्तो, स्पेयर पार्ट्स सर्वसुलभ, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, आकर्षण लुक्समा उपलब्धमा भएको कम्पनीले दाबी गरेको छ । नयाँ युगका लागि जापानी प्रविधियुक्त इन्जिन, इन्जिन किफायती, बस्नका लागि धेरै ठाउँसहित २८ विभिन्न विशेषता रहेको कम्पनीले बताएको छ ।
फस्ट इन सेग्मेन्टमा एन्ड्रोइड अटो प्ले र एप्पल कार प्लेका साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड कट अल्लोइ ह्वील, सेफ्टी प्याकेज ड्यूल एयर ब्याग एबीएस प्लस इबीडी प्लस एबी तथा पार्किङ सेन्सर छ । वेस्ट इन क्लासमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स, २४५० एम एमको ह्वील बेस, २६५ लिटर लगेज स्पेस र ४.६ एम टर्निङ रेडियस रहेको छ । १.२ एल एचआर १२ डीई पेट्रोल इन्जिन छ जसले प्रतिलिटर १९.८३ किलोमिटर प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।