मन्टेसोरीका चार क्षेत्र

मन्टेसोरीका चार क्षेत्र

बालबालिकाहरूले विकासमा विभिन्न चरण पार गर्दै जान्छन्। र यी तयारीका अवस्था उनीहरूका लागि अति उपयोगी हुन्छन्। 


वयस्कको तुलनामा साना बालबालिकाले लगभग हरेक कुरा तुरुन्तै सिक्छन्।  कुनै पनि कार्य गर्नु नै सिक्नु हो । सिकाइका लागि बालबालिकाले कुनै न कुनै कार्य गर्नु जरुरी छ । सिक्ने तरिका बालबालिका आफैंले रोज्न पाउने र रोजाइअनुसारको सिकाइ नै मन्टेसोरीको अभिप्राय हो ।

डा. मारिया मन्टेसोरीले आफ्नो पहिचान विश्वसामु राख्नुपूर्व एउटा छुट्टै पृष्ठभूमिलाई अपनाएकी थिइन्।  इटालीमा जन्मेकी मारिया औषधि विज्ञानकी छात्रा थिइन्।  आफ्नो सैद्धान्तिक शिक्षालाई व्यावहारिकतामा प्रस्तुत गर्दा उनले विशेष क्षमता भएका मानिसलाई उपचार गर्ने केन्द्रमा काम गर्थिन्।  र विशेषतः उनले मानसिक रूपमा पढ्नलेख्न समस्या भएका बालबालिकासँग काम गर्थिन्। 

बालबालिकाहरूले विकासमा विभिन्न चरण पार गर्दै जान्छन्।  र यी तयारीका अवस्था बालबालिकाहरूको सिकाइका लागि अति उपयोगी एवं महत्त्वपूर्ण हुन्छन्।  अहिले संसारभर धेरै मन्टेसोरी विद्यालय छन्।  मन्टेसोरीका शिक्षक कहिल्यै पनि बालबालिकाहरूको खेलमा सच्याउने एवम् हस्तक्षेप गर्दैनन्। 

सामान्यतया बालबालिकाहरूले विकासका विभिन्न चरण पार गर्दै जान्छन्।  र ती तयारीका अवस्था बलबालिकाको सिकाइका लागि अति उपयोगी एवं महत्त्वपूर्ण हुन्छन्।  तसर्थ मारिया मन्टेसोरीले यो शिक्षण विधिलाई चार क्षेत्र— व्यावहरिक जीवन, प्रज्ञात्मक क्षेत्र, गणित र भाषामा विभाजित गरिन्। 

मनोविज्ञ तथा शिक्षाविद् डा.जेरोम बुनर सिकाइका सिद्धान्तमा विद्यार्थीको अन्तज्र्ञानात्मक योग्यतालाई महत्त्व दिँदै त्यसको विकास गर्नुपर्नेमा जोड दिन्छन्।  अनि विषयवस्तुलाई कक्षाअनुसार भाग लगाउने चलनको विरोध गर्छन्। तसर्थ उनी शिक्षकलाई केन्द्रबिन्दुमा राखेर शिक्षण सिकाइ प्रभावकारी हुनेमा जोड दिन्छन्।  शिक्षकलाई नै शिक्षण प्रक्रियाको मुख्य साधनका रूपमा स्वीकार गर्नु फलदायी हुनेछ । शिक्षक ज्ञानदाता मात्र नभएर जीवन आदर्श पनि हुन्।  त्यसैले पूर्वबाल्य अवस्था जीवनको धेरै नाजुक र महत्त्वपूर्ण अवस्था हो, जहाँ जीवनको जग बसाल्ने काम हुन्छ । बालबालिकाहरूको सिक्न चाहने प्राकृतिक इच्छालाई प्रोत्साहन दिएर जीवनपर्यन्त सिक्न प्रेरित गराउनुपर्छ ।

शिक्षकले बालबालिकाहरूलाई मूल्यांकन गरी उनीहरूको उमेरअनुसारको खेल्ने कुरा दिनुपर्छ र बालकले सही तरिकाले खेल्यो भने त्यसका लागि समय रहन्छ अर्थात् यस्ता शिक्षण विधिले मन्टेसोरी शिक्षामा सकारात्मक प्रभाव पारेका छन्। 

सेन्ट जेभिएरले भनेका छन्, ‘एउटा बालक जन्मेदेखि १० वर्षसम्मका लागि दिनुहोस् । म उसलाई सम्पूर्ण बाँकी जीवनका लागि तयार गरिदिनेछु ।’ बालबालिकाहरूको सुरुका वर्षहरूलाई निर्माण अवधि पनि भन्ने गरिन्छ, जुन बेला नैतिक मूल्य र मान्यताका साथै सामाजिकतको आधारशीला तयार हुने गर्दछ ।
पूर्वबाल्यावस्थाको बेला बालबालिका लडीबुडी गर्न, हिँड्न, उफ्रन लात्ताले हान्न मन पराउँछन्।  कुनै संगीत सुनेपछि ताल मिलाएर नाच्न खोज्छन्।  साथै यस उमेर समूहका बालबालिका आत्मकेन्द्रित हुन्छन् र काम सघाउन मन पराउँछन्। 

शिक्षण सिकाइको पद्धतिमा खेल एउटा महत्त्वपूर्ण पाटो हो । खेलद्वारा बालबालिकाले आफ्नो र आफ्नो वरपर संसारको बारेमा सिक्छन्।  र अरूसँग सम्बन्ध विकास गर्न खेलले सहायता गर्छ । खेल बालबालिकाको शारीरिक भावनात्मक सामाजिक र बौद्धिक विकासका लागि आवश्यक छ । खेलद्वारा बालबालिकाले भाषा,  कारण र प्रभावको सोचाइ, समायोजन हुने क्षमता, समस्या समाधानको क्षमता र सिर्जनात्मक क्षमताको विकास गर्छन्।  खेल एउटा प्राकृतिक तरिका पनि हो । खेलका माध्यमबाट उनीहरूले वस्तुहरूलाई कसरी चलाउने भनी सिक्न र तिनीहरूले कसरी काम गर्छन् भनी बुझ्न सुरु गर्छन्।  खेलबाट बालबालिकाहरू पालो पर्खेर, नियमहरू पालना गरेर समूहमा काम गरेर र आफ्नो आबेगलाई नियन्त्रण गरेर समाजिक तवरले विकसित हुन्छन्। 

हाम्रो विद्यालयको वर्तमान पाठ्यक्रम, पाठ्पुस्तक, सिकारुको योग्यता, धारण गर्ने क्षमता मेल नखान बढी खोजेको परिप्रेक्ष्यमा अन्य विकसित मुलुकमा भने सम्बन्धित पाठ्यक्रम त्यस्ता विषय विशेषज्ञलाई नै सम्मिलित गराएर तयार गरिन्छ । वास्तवमा ज्ञानको कुनै पनि क्षेत्रमा त्यससँग सम्बन्धित व्यक्ति मनोवैज्ञानिक मिलेर मात्रै केकति कुन तहमा कसरी सिकाइनुपर्छ भन्ने कुरा गर्न सक्छन्।  सिकाइ सहज तरिकाले सिक्न सक्नु र भोलि यही सिकाइले बालबालिकाका हरेक दैनिकीमा सहजता ल्याउनु नै मन्टेसोरी पद्धतिको सार्थकता हो ।

जिन पियाजेले बालबालिकाको बौद्धिक विकास र उनीहरूको सोचाइबारे अध्ययन गरे । त्यसपछि आफ्नो अनुभवमा बालबालिकाहरूले आफ्नो वरिपरिको संसार बुझ्नलाई आफ्नो ज्ञानको विकासका लागि सक्रिय रूपमा लागेका हुन्छन् भन्ने मनोवैज्ञानिक  अवधारण प्रस्तुत गरे । तसर्थ मन्टेसोरी प्रणालीमा बालबालिकालाई वातावरणमैत्री र वातावरणमा समायोजन गर्न 
विभिन्न तरिकामा सोच्ने हुँदा सोहीअनुसारको शिक्षण सिकाइलाई आत्मसात् गर्नु जरुरी देखिन्छ । सोच्ने तथा तर्कको विकास गर्ने प्रक्रियाहरूको विकासलाई बौद्धिक विकास भनिन्छ । 
म खेलूँ कहाँ ?    
म उफ्रूँ कहाँ ?    
म गाऊँ कहाँ ?    
म बोलूँ कहाँ ?     
कुरा गर्छु, आमालाई झर्को लाग्छ
खेल्न थाल्छु बुबालाई झ्वाँक चल्छ 
उफ्रन्छु त बस् भन्छनगाउँछु त चुप लाग् भन्छन् 
अब तपाईं नै भन्नोस् 
म कहा जाऊँ, के गरूँ ?    
गिजुभाइद्वारा रचित यो दृष्टान्त हालको मन्टेसोरी शिक्षण सिकाइलाई एउटा आधारशिला  मानेर बालबालिकाको मनोविज्ञानलाई जोड दिनु जरुरी देखिन्छ ।साथै बालबालिकाको रुचिलाई जोड दिएर सृजनात्मक खोजमूलक तरिकाबाट बालकक्षा सञ्चालन हुनुपर्छ । तर अधिकांश विद्यालयले परम्परागत शिक्षण सिकाइ हटाउने कदम उठाएका छन्, जसले गर्दा मन्टेसोरी प्रणाली अभिभावकको रुचि बन्न पुगेको छ । कारण यसले बालबालिकाको स्वतन्त्रतापूर्वक सिक्ने वातावरण पाउँछन्।  

प्रायः विद्यालयले घोकाएको स्मरण गराउने मात्र गर्छन्।  घोकेर स्मरण गरी सिक्ने तरिका सिकाइको एउटा अंश होला । तर सबै बेला सबै विषय वा वातावरणका लागि त्यति उपयोगी नबन्न सक्छ । त्यसैले यस शिक्षण प्रणालीले विभिन्न पद्धति अपनाएर बालबालिकाको शिक्षण सिकाइमा टेवा दिने गर्छ ।

पूर्वप्राथमिक विद्यालयको मुख्य पात्र शिक्षक नै हो । एक असल शिक्षकले बालबालिकाहरूमा आत्मविश्वास र स्वतन्त्रताको भावना विकास गर्नुपर्छ । कक्षाकोठामा उनीहरूले काम गर्ने, अरूसँग मिलेर बस्ने, अरूलाई आदर गर्ने र अरूको वास्ता गर्ने सीप विकास गर्ने मद्दत पुर्‍याउने किसिमको वातावरण हुनुपर्छ । र यसका निम्ति शिक्षक नै सिर्जनात्मक बन्नुपर्छ ।

डा. मारिया मन्टेसोरीले १९०७ देखि पूर्व तथा प्राथमिक शिक्षामा निकै ठूलो हलचल ल्याइदिइन्।  विशेषत शिक्षण सिकाइ भनेकै समाग्री हो भन्ने हेतुले  मारियाले अनेकौं तर फरक शिक्षण सामग्री तयार पारिन् र शिक्षण पद्धतिलाई नै नयाँ मुहार दिइन्।  आफ्नो इच्छाअनुसार स्वतन्त्र रूपमा ती सामानसँग खेलेर बालबालिकाहरूले विभिन्न बौद्धिक तर्क र धारणा विकास गर्छन् भन्ने मारिया मन्टेसोरीको भनाइ थियो ।

अनेकौं मनोवैज्ञानिक तथा शोधकार्यलाई अध्ययन गर्ने हो भने शिक्षा एउटा निरन्तर प्रक्रिया हो, जहाँ उपलब्धिमूलक र प्रयोगात्मक हुनु जरुरी देखिन्छ । अझ पूर्वप्राथमिक शिक्षण सिकाइ बालबालिकाको शारीरिक, बौद्धिक, सामाजिक र संवेगात्मक विकासअनुरूप सोही किसिमले परिमार्जित एवम् स्वचालित हुनुपर्छ । मन्टेसोरी पद्धतिलाई आधारशिला मान्ने धेरै विद्यालयले प्रभावशाली शिक्षण स्वतस्फूर्त सीप विकास र पर्याप्त सामग्रीको प्रयोग गरी अध्ययनअध्यापन गराउनुपर्ने देखिन्छ ।

काफ्ले प्यारागन स्कुलसँग आबद्ध छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.