मोटरसाइकलसहित तीनजना पक्राउ

मोटरसाइकलसहित तीनजना पक्राउ

धादिङ : मोटरसाइकल चोरी गरी समूहलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। शनिबार साँझ ५ बजे धादिङको धुनीबेशी नगरपालिका- ५ स्थित प्रभात अर्यालको आँगनमा राखेको वा ७२ प ९५९८ नम्बरको बाइक हराएको उजुरी परेलगत्तै खोजी गर्ने क्रममा थप २ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए।

बाइकसहित पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका- ३ बस्ने किप्पा तामाङ, संजय लामा र धादिङ खनियाबास गाउँपालिका-५ का  घन बहादुर गुरुङ रहेका छन्। उनीहरुको साथबाट बा ७२ प ९५९८ नम्वरको २२० सिसि पल्सर, बा ९० प ३३६० नम्बरको यामाहा आर १५ र बा ८५ प ११६९ नम्वरको २०० सिसि पल्सर एन एस बाइक चाबी, हेण्डिल लक फुटाएको अवस्थामा बरामद गरिएको छ ।

बरामद भएका मध्ये बा ८५ प ११६९ नम्बर मोटरसाइकल नुवाकोट शिवपुरी गाउँपालिका- ४ का रुपेश बुढाथोकीको रहेको र उक्त मोटरसाइकल गत चैत ८ गते काठमाडौं गोंगवुबाट चोरी भएको खुल्न आएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश विष्टले जानकारी दिए। उनले भने, 'पक्राउ परेकाको समूहमा अरु पनि संलग्न रहेको अनुसन्धानबाट खुल्न आएकाले ति व्यक्तिको खोजीका लागि प्रहरी परिचालन भइसकेको छ।'

बाइक हराएको सूचना पाउने वित्तिकै खोजीका लागि प्रहरी खटिएको र प्रहरीले बाइक चोरी गर्ने गिरोहलाई नै पक्राउ गर्न सफल भएको हो। हराएको बाइक खोजी गर्दै जाँदा शंकास्पद अवस्थामा तीन युवालाई भेटेपछि सोधपुछको क्रममा बाइकको काजगपत्र नभएपछि उनीहरुको शंकाको घेरामा तानिएका थिए।

प्रहरी प्रमुख बैदवारले भने, 'पक्राउ परेकाहरु उपत्यकाबाट पटकपटक बाइक चोरीमा संलग्न भएका हुन्, उपत्यकामा चोरी गरेर बाहिर जिल्लामा बिक्री गर्ने र बाहिर जिल्लाबाट उपत्यकामा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पश्चात आइतबार राति उनीहरुको काठमाडौंस्थित डेरामा समेत छापा मारिएको भएपनि थप केही फेला नपरेको बैदवारले जानकारी दिए। पक्राउ परेकालाई जिल्ला अदातलबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.