डोजर अघिअघि गाडी पछिपछि, सडक उधारो

डोजर अघिअघि गाडी पछिपछि, सडक उधारो

कालिकोेट :  थाप्लोमा भारी बोकेर नुन तेल ढुवानी गर्ने जिल्लाका अधिकांश ग्रामिण समुदायका स्थानीय नागरिकहरु गाउँमा गाडी कहिले पुग्ला र थाप्लोको भारी बिसाउन पाइएला भन्ने आशामा रहेका छन् । मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकारले गाउँ–गाउँमा सडक सञ्जालले जोड्ने कार्यलाई उच्च प्राथमिता दिएका छन् । 

कालिकोटमा डोजरमार्फत सडक निर्माण कार्यलाई तीब्रता दिने दिइरहेका बस्तीहरु डोजर अघिअघि गाडी पछिपछि लैजाने अभियान नै चलेको छ । डोजरले सामान्य ट्याक खोलेका सडकममा पनि गाडी गुडाउन स्थानीय उपभोक्ताहरुको चाहाना अनुसार डोजरसँगै गाडी गुडाउने अभियान चलाइएको हो । 


       

 शनिबार जिल्लाको पचालझरना गाउँपालिका–८ को खडीतोलीमा पहिलो पटक गाडी पुग्यो । चिरञ्जीवी निर्माण सेवाको डोजरमार्फत उदारो खनिएको सडकमा डोजर अघिअघि गाडी पछिपछि गाउँमा पुग्दा स्थानीयले खुसीयाली नै मनाए । डोजर, गाडी र मोटरसाइकललाई स्वागत गर्न स्थानीयको भीड नै लाग्यो । उनीहरुले गाउँमा पहिलो पटक गाडी पुगेको अवसरमा खसी काटेर भोज खाइ खुसीयाली मनाए ।

गाउँका सबैभन्दा जेष्ठ नागरिक प्रशुराम संज्यालको अध्यक्षता तथा नेकपाका नेता चन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा स्थानीय दिन भर रमाए । स्थानीय विद्यालयमा अध्यायनरत बालबालिकाले विभिन्न सांस्कृतिक प्रस्तुती प्रदर्शन गरे । स्थानीय महिलाहरुले देउडा, झोडा चुट्किला र मागल गाएर गाडीको स्वागत गरे । जसमा गाँउमा नियमित यातायात सेवा सञ्चालन होस, सडक दुर्घटना नहुन भन्दै कुलदेवतासँग प्रार्थना गरे। उनीहरुले सडकको स्त्तोरोन्नतीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

कर्णाली करिडोर अन्तरगत भैसासैनदेखि खडीतोलीसम्मको ११ किलोमिटर सडकमा पचालझरना गाउँपालिकाबाट दुई आर्थिक वर्षमा गरी १ करोड १० लाख बजेट भुक्तानी गरिएको छ । जुन बजेट प्राविधिक स्टमेटअनुसार भैसासैनदेखि बाह्र पाथेसम्मको ६ किलोमिटर सडकमा सकियो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद संज्यालले भने, ‘त्यस भन्दा माथिको करीब पाँच किलोमिटर सडक उदारो खनेका छौ।’ गाँउपालिकाले अर्को अािर्थक वर्षमा प्राविधिकले निकालेको परिमाणका आधारमा भुक्तानि दिने सहमति गरिएको छ ।
 

चिरञ्जीवी निर्माण सेवाका प्रोप्राईटर मुक्तप्रसाद संज्यालले गाँउपालिका र सडक निर्माण उपभोक्ता समितिको समन्वयमा अर्को आर्थिक बर्षमा काम गरेको भुक्तानी पाउने गरी सडक खनिएको बताए । खडितोलीदेखि साविकको नानिकोटसम्मको थप चार किलोमिटर जति सडक खन्ने कार्य जारी छ । अबको दुई महिनाभित्र  सबै सडक निर्माण पूरा हुनेछ । 
       नेकपाका नेता चन्द्रबहादुर शाहीले गाँउपालिकाको अवरोधका बाबजुद स्थानीयको मागअनुसार गाउँमा गाडी पु¥याउन उदारो सडक खनिएको बताए । गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले चालु आर्थिक वर्षमै भैसासैन खडितोली सडकमा कर्णाली प्रदेश सरकारले समान्नीकरण अनुदानमार्फत ४० लाख बजेट विनियोजन गरिएको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.