कर्णालीमा नदी सम्मेलन हुँदै

कर्णालीमा नदी सम्मेलन हुँदै

सुर्खेतः कर्णालीमा पहिलो पटक नदी सम्मेलन हुने भएको छ। दैलेखको आठबिस नगरपालिकाको राकम कर्णालीमा राष्ट्रिय नदी सम्मेलन हुने भएको हो। नदीको क्षमता चेकजाँच, अध्ययन र नदी संरक्षण गर्ने उद्देश्यका साथ राष्ट्रिय सम्मेलनको आयोजना गरिएको नदी संरक्षण संस्थाका सदस्य भक्तबहादुर शाहीले जानकारी दिए। 

दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा चैत १५, १६ र १७ गते राष्ट्रिय नदी सम्मेलन आयोजना गरिने भएको छ। करिब तीनसय जति राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ तथा कर्मचारीको उपस्थिति रहने राकम कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी हुने छन्। चैत १४ गते वीरेन्द्रनगरमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कार्यक्रमको उद्घाटन गरिसकेपछि टोली राकम कर्णालीतर्फ प्रस्थान गर्ने सदस्य शाहीले जानकारी दिए।

'कार्यक्रममा कर्णाली नदीको अवस्था कस्तो छ, कहाँ के-के सम्भावना छन् भन्ने विषयमा विज्ञले प्रस्तूति दिनेछन्' शाहीले भने, 'विज्ञको टोलीले कर्णाली नदीको चेक जाँच गरेको प्रतिवेदन पनि प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछ।'

वर्षेनी नदी तटीय क्षेत्र कटान हुनुका साथै नदीको संरक्षण आवश्यक रहेकाले जोखिम र नदीबाट सुरक्षित तरिकाबाट लिन सकिने लाभका विषयमा छलफल हुनेछ। तीन दिनसम्म चल्ने राष्ट्रिय नदी सम्मेलनमा राकम कर्णालीमा र्‍याफ्टिङ गरिने छ भने उपस्थित सबैलाई नदी तटको छेउमा टेन्ट लगाएर बासस्थान बनाइने आयोजनकले तयारी गरिरहेको छ।

यसैबीच चैत ११ गते दिउँसो एक बजेदेखि कर्णाली नदीसँग सम्बन्धित फोटोहरु स्थानीय घण्टाघरमा प्रदर्शनमा राखिने आयोजकले बताएको छ। निःशुल्क रुपमा हेर्न पाइने उक्त प्रदर्शनीमा तीन सयभन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिनेछ। फोटो प्रदर्शनी चैत ११, १२ र १३ गतेसम्म हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.