उधारोमा सडक निर्माण गरी गाउँमा गाडी

उधारोमा सडक निर्माण गरी गाउँमा गाडी

कालिकोट : जिल्लाको पचालझरना गाउँपालिका- ८ को खडीतोलीमा उधारोमा सडक निर्माण गरी पहिलो पटक गाडी पुगेको छ।गाउँपालिकाबाट छुट्याएको बजेट सडक निमार्णमा अपुग भएपछि उधारोमा सडक खनिएको हो।

कर्णाली करिडोरअन्तरगत भैसासैनदेखि खडितोलीसम्मको कुल ११ किलोमिटर सडकमा पचालझरना गाउँपालिकाबाट दुई आर्थिक वर्षमा गरी १ करोड १० लाख मात्र बजेट भुक्तानी गरिएको छ। जुन बजेट प्रा‍विधिक स्टिमेट अनुसार भैसासैनदेखि बाह्र पाथेसम्मको ६ किलोमिटर सडकमा सकियो।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद संज्यालले त्यसभन्दा माथिको करीब पाँच किलोमिटर सडक उधारोमा खनिएको हो।गाउँपालिकाले अर्को आर्थिक वर्षमा प्राविधिकले निकालेको निचोडका आधारमा भुक्तानी दिने सहमति गरिएको छ। 

कालिकोटमा डोजरमार्फत छिटो छरितो सडक निर्माण कार्यलाई तीब्रता दिने गरेका बस्तीमा डोजर अघिअघि गाडी पछिपछि लिने अभियान नै चलेको छ। डोजरले सामान्य ट्याक ओपन गरेका सडकमा पनि गाडी गुडाउन स्थानीय उपभोक्ताको चहानाअनुसार डोजरसँगै गाडी गुडाउने अभियान चलाइएको हो। 

शनिबार जिल्लाको पचालझरना गाउँपालिका- ८ को खडीतोलीमा पहिलो पटक गाडी पुग्यो। चिरञ्जीवी निर्माण सेवाको डोजर मार्फत उधारो खनिएको सडकमा डोजर अघिअघि गाडी पछिपछि लिएर गाउँमा गाडी पुर्‍याउँदा स्थानीय नागरिकले खुसीयाली नै मनाए।

डोजर, गाडी र मोटरसाइकललाई स्वागत गर्न स्थानीय नागरिकको भीड नै लाग्यो। उनीहरुले गाउँमा पहिलो पटक गाडी पुगेको अवसरमा खसी काटेर भोज नै खाए। खुसीयाली समेत मनाए। गाउँका सबैभन्दा जेष्ठ नागरिक प्रशुराम संज्यालको अध्यक्षता तथा नेकपाका नेता चन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रम नै आयोजना गरी दिन भर रमाए। 

स्थानीय विद्यालयमा अध्यायनरत बालबालिकाले विभिन्न सांस्कृतिक प्रस्तूति समेत प्रदर्शन गरे। स्थानीय महिलाले देउडा, झोडा चुट्किला र मागल गाएर गाडीको स्वागत गरे। जसमा गाउँमा नियमित यातायात सेवा संचालन, सडक दुर्घटना नहून भन्दै कुलदेवतासँग प्राथना र सडकको स्त्तोरोन्नतीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए। 

चिरञ्जीवी निर्माण सेवाका प्रोप्राइटर मुक्तप्रसाद संज्यालले गाउँपालिका र सडक निर्माण उपभोक्ता समितिको समन्वयमा अर्को आर्थिक वर्षमा काम गरेको भुक्तानी पाउने गरी सडक खनिएको बताए। उनले भने, 'पाँच किलोमिटर सडक आफ्नो डोजरले उधारो खनेको छ। खडितोलीदेखि साविकको नानिकोटसम्मको थप चार किलोमिटर जति सडक खन्ने कार्य जारी छ।अबको दुई महिनाभित्र सबै सडक निर्माण पूरा हुनेछ।'

नेकपाका नेता चन्द्रबहादुर शाहीले गाउँपालिकाको अवरोधका बाबजुत पनि गाउँमा गाडी पुर्‍याउन स्थानीय नागरिकको माग अनुसार उधारो सडक निर्माण गरिएको बताए।तर स्थानिय नागरिकहरुको माग अनुसार खडितोली हुँदै नानिकोट स्वास्थ्य चौकीसम्म सडक खन्ने कार्य जारी छ।

यता गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले चालु आर्थिक वर्षमै भैसासैन खडितोली सडकमा कर्णाली प्रदेश सरकारले समान्नीकरण अनुदानमार्फत ४० लाख बजेट बिनियोजन गरिएको जानकारी दिए। 

थाप्लोमा भारी बोकेर नुन तेल ढुवानी गर्ने जिल्लाका अधिकांश ग्रामीण समुदायका स्थानीय गाउँमा गाडी कहिले पुग्ला र थाप्लोको भारीबाट मुक्ति पाइएला भन्ने आशामा छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.