खेलमै जीवन सुम्पिने खेलाडीलाई स्थायी जीविकोपार्जन : मुख्यमन्त्री राउत

खेलमै जीवन सुम्पिने खेलाडीलाई स्थायी जीविकोपार्जन : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान खेलाडीहरुको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन् ।

जनकपुरमा सुरु तेस्रो सहिद कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

अन्य मुलुकमा खेलाडीलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश २ सरकारले पनि प्रादेशिक संरचनाभित्र क्षमतावान खेलाडीहरुलाई समावेश गर्ने नीति लिएको उनले बताए ।

मुख्यमन्त्री राउतले खेल क्षेत्रलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले प्रत्येक जिल्लामा प्रदेशस्तरीय र प्रदेशभित्र कम्तिमा ३÷४ वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने सोच समेत बनाएको जानकारी दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश नम्बर २ खेलाडीहरुको उर्वर भूमि रहेको बताए । आधुनिक खेलका साथै मधेशका पारम्परिक खेलहरुको जगेर्ना गर्ने समेत प्रदेश सरकार प्रयत्नशिल उनले दावी गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.