पानीको मुहान संरक्षणका लागि 'रिचार्ज पोखरी'

पानीको मुहान संरक्षणका लागि 'रिचार्ज पोखरी'

बैतडी : ‍पानीका मुहान सुक्न थालेपछि बैतडीको दशरथचन्दनगरपालिका ६ सेराका महिलाले 'रिचार्ज पोखरी' बनाउन थालेका छन्। सुख्खा याममा महाकाली नदीको दूषित पानी पिउन बाध्य उनीहरु खानेपानीका मुहान सुक्न थालेपछि रिचार्ज पोखरी बनाउनतिर लागेका हुन्।

'प्रत्येक वर्ष सुख्खायाममा हामीले नदीको दूषित पानी पिउनुपर्छ। पानीको मुहान नसुकोस् भनेर हामीले मिलेर माटोको ढिस्कोले मुहानमाथि रिचार्ज पोखरी निर्माण गरेका छौं, स्थानीय भागरथी कार्कीले भनिन्। पानीको मुहानमाथि जम्मा भएको पानीले मुहान संरक्षणमा सहयोग पुर्‍याउने हाम्रो विश्वास छ।'

सुख्खायामको समयमा नदीको दूषित पानी पिउने बाध्यताबाट मुक्ति खोज्न आफूहरुले रिचार्ज पोखरी निर्माण गरेको स्थानीय तारा कार्कीले बताइन्। उनले भनिन्, 'हाम्रो गाउँमा एक मात्रै पानीको मुहान छ। पछिल्लो समयमा यो पनि सुख्खायाम सुक्दा हामी काकाकुल बन्ने गरेका छौं। त्यसैले हामीले रिचार्ज पोखरी निर्माण गरेका हौं।'

नवज्योती महिला सशक्तिकरण केन्द्रको सहयोगमा महिलाले नै रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी चुनाराले बताइन्। उनले भनिन्, 'हामीले सशक्तीकरण केन्द्रमा पानीको समस्या समाधानका विषयमा छलफल गरेका थियौं। पानीको मुहान यसरी पनि संरक्षण गर्न सकिन्छ भनेपछि हामीले रिचार्ज पोखरी निर्माण गरेका हौं।'

दशरथचन्द नगरपालिका- ६ सेराका महिला तटीय क्षेत्रमा देखिएका अन्य समस्याका समाधानका लागि समेत सक्रिय हुन थालेका ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडीका कार्यक्रम संयोजक तेजराम लोहारले बताए।
 
उनले भने, 'हामीले पनि बेलाबेलामा सशक्तीकरण केन्द्रका महिलासँग पानीका मुहान संरक्षणका विषयमा छलफल गरेका छौं ।उनीहरुले रिचार्ज पोखरी निर्माण गरेर पानीको मुहान संरक्षणका लागि पहल थालेका छन्।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.