गाडेको अवस्थामा महिलाको शव बरामद

गाडेको अवस्थामा महिलाको शव बरामद

मलंगवा : कविलासी नगरपालिका ७ गैरबजार भन्दा पूर्वमा रहेको झिम खोलामा गाडेको अवस्थामा महिलाको शव फेला परेको छ।

खोलामा निर्माणधीन अवस्थामा रहेको पुल नजिकै बालुवामा गाडिएको अवस्थामा महिलाको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिएका छन्। अन्दाजी २५/३० वर्षको देखिन महिलाको शव बरामद भएको निरीक्षक देवले बताए। पहिचान हुन सकेको छैन। केही दिन पहिले मात्र शवलाई गाडेको हुन सक्ने प्रहरीले जनाएको छ।

अत्याधिक गन्हाउन थालेपछि स्थानीयले सशस्त्र प्रहरीलाई खबर गर्दा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो।

शवलाई निकालेर पोस्टमार्टमका लागि मलंगवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.