बेसींसहरका दुई पसलमा आगलागी

बेसींसहरका दुई पसलमा आगलागी

बेंसीसहर : गएराति लमजुङ सदरमुकाम बेसीसहरको मध्य भागमा रहेका दुई पसलमा आगलागी भएको छ ।  विद्युत सर्ट भई राति १२ बजे आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट बेसिसहर-७ स्थित उत्तरबहादुर परियारको कपडा पसल र रिपेश थापाको कम्युटर मर्मत तथा इन्स्टिचुट  ध्वस्त भएको छ 

प्रहरी र स्थानीय मिलेर दमकलको सहायताले आगो निभाएका थिए । दुई पसल जलेपनि अन्य घरमा आगो सल्किनबाट जोगाएको प्रहरीको भनाइ छ । आलालागीबाट कपडा पसलमा ३० लाख र कम्प्युटर पसलमा २० लाखको क्षति भएको नुमान गरिएको डीएसपी यादव ढकालले बताए ।क्षतिको पूर्ण विवरण  आउन बाँकी रहेको डीएसपी ढकालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.