कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज
काठमाडौं : नेपाली काँग्रेसका बरिष्ठ नेता कृष्ण प्रसाद सिटौला स्वाथ्य सुघार भई अस्पतालबाट डिस्चार्ज भएका छन । उनी मंगलबार बिहान अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए ।सिटौलाको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा आइसियुमा राखेर उपचार गरिएको थियो ।
सुगरको औषधि खाइरहेका सिटौला शुक्रबार बिहान नियमित चेकजाँचका लागि चक्रपथको मेट्रो अस्पताल पुगेका थिए। चेकजाँचका क्रममा चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताएपछि साँझ सिटौलालाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको थियो ।