उर्जामन्त्री पुन र बङगलादेशी राजदूतबीच भेटवार्ता
काठमाडौं : उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन 'अनन्त' र नेपालका लागि बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री पुनले बङगलादेशी राजदूतबीच नेपाल र बङगलादेश बीचमा भएका सहमति र सहकार्यका बारेमा समेत छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ।
मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे।
भेटमा बङगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट नीजि क्षेत्रको सहभागीता रहने जानकारी समेत दिइन्।उनले उर्जा क्षेत्रमा लगानीका लागि बङगलादेश सरकार इच्छुक रहेको बताइन्।