फूलबारीको पेन्सन क्याम्प सारिने

फूलबारीको पेन्सन क्याम्प सारिने

बुटवल : अंग्रेजलाई हराएको जितगढी किल्ला मासेर बनाउने तयारी गरिएको भारतीय पेन्सन क्याम्प नयाँ स्थानमा सार्न संघीय सरकारलाई प्रस्ताव पठाइएको छ। तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हाल सानो आकारमा रहेको क्याम्पमै बृहत् आकारको क्याम्प बनाउन जग्गा दिने निर्णय गरेको थियो।

उक्त निर्णयको विरोध भइरहेको छ। बुटवल उपमहानगरले सो स्थानमा क्याम्प निर्माण उपयुक्त नहुने भन्दै बुटवलदेखि ८ किलोमिटर पश्चिम तामनगरमा जग्गा प्रस्ताव गरेको छ। कार्यपालिका बैठकले संघीय सरकारलाई सिफारिस गरेको हो।

फूलबारीमा रहेको पेन्सन क्याम्प भूबनोट र सुरक्षा हिसाबले उपयुक्त नभएकाले सार्न प्रस्ताव गरिएको उपमहानगरको भनाइ छ। ‘भूबनोटका हिसाबले पनि जंगल, ठाडो ढुंगे खोला, घ्याचमा बस्ती र तल भागमा पूर्व–पश्चिम लोकमार्ग छ,’ बुटवल उपमहानगरको बोर्ड बैठकको निर्णयपुस्तिकामा भनिएको छ, ‘पेन्सन क्याम्पलाई उपयुक्त स्थानमा खुला र व्यवस्थित गरी सुविधासाथ पेन्सन सुविधा पाउने अधिकारलाई सुनिश्चितता प्रदान गर्नु नगरको दायित्व हो।’ फूलबारीको सट्टा बुटवल–१२ तामनगरस्थित दानव नदी किनारको ३ बिघा जग्गा पेन्सन क्याम्पलाई उपलब्ध गराउन सिफारिस गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ।

पेन्सन क्याम्प रहेको स्थान बुटवल–२ का वडाध्यक्ष रमेश नेपालले भूपूहरूलाई नै ठाउँ साँघुरो भएकाले उपमहानगरले सार्न प्रस्ताव गरेको बताए। ‘पर्यटकीय स्थलका लागि पनि ठाउँ व्यवस्थित गर्न असहज भएको छ। भूपु सैनिकलाई पनि साँघुरो भएको छ’, उनले भने, ‘त्यसैले खुला ठाउँ दिऊँ भनेर तामनगरको जग्गा सिफारिस गर्ने निर्णय भएको हो।’

अस्थायी पेन्सन क्याम्प रहेको ठाउँमा स्थायी पेन्सन क्याम्प राख्न भन्दै ०७३ फागुनमा नेपाल सरकारले थप २३ कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। जग्गा उपलब्ध भएपछि स्थायी पेन्सन क्याम्पको संरचना बनाउन ०७४ भदौमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले शिलान्यास गरेका थिए। स्थायी पेन्सन क्याम्प बनाउने प्रक्रिया अघि बढेपछि स्थानीय र केही पक्षबाट तीव्र विरोध भएको थियो। नेपालले अंग्रेजलाई पराजित गरेको ऐतिहासिक र पुरातात्वविक महत्त्वको स्थलमा भारतीय पेन्सन क्याम्प बनाउन नहुने भन्दै विरोध भएको थियो। पेन्सन क्याम्प बनाए सामरिक महत्त्वको स्थान संकटमा पर्ने चिन्ता व्यक्त गरेका थिए।

बुटवल उपमहानगरले पठाएको सिफारिस विभिन्न प्रक्रिया हुँदै मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि तामनगरको जग्गा प्राप्त हुन्छ। भूपू सैनिकहरूले भने जग्गा सार्ने प्रयासले बुटवलमा स्थायी पेन्सन क्याम्प नबन्ने खतरा रहेको आशंका व्यक्त गरेका छन्। संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघका महासचिव कुलबहादुर केसीले क्याम्प सार्ने विषयमा बुटवल उपमहानगरपालिकासँग असहमति व्यक्त गरिसकेको बताए। ‘सार्न खोजियो भने योजना नै बन्दैन, भारत सरकारले पनि लगानी लगाउँदैन,’ उनले भने, ‘उपमहानगरले यहाँ सार्ने, उहाँ सार्ने भन्ने कुरा हुनै सक्दैन।’ स्थायी पेन्सन क्याम्पका लागि ०६८ सालमा १ अर्ब २८ करोड भारतीय रुपैयाँको योजना आएको थियो। ठाउँ उपलब्ध हुन नसकेका कारण ०७१ सालमा उक्त रकम फिर्ता भएको थियो। अहिले फेरि त्यस्तै हुन सक्ने केसीको भनाइ छ।

फूलबारीमा ०५० सालदेखि भारतीय भूपू सैनिकका लागि अस्थायी पेन्सन क्याम्प रहँदै आएको छ। बुटवलमा स्थायी पेन्सन क्याम्प बने महाकालीसम्मका ५० हजारभन्दा बढी भूपूले पेन्सनलगायत सुविधा प्राप्त गर्ने महासंघले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.