सभापति फेर्नुपर्छ : शंशाक कोइराला

सभापति फेर्नुपर्छ : शंशाक कोइराला

दाङ : नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको सभापति फेरिनुपर्ने बताएका छन्। दाङमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालो पार्टी सभापति शेरबहादुर देउवातर्फ इंकित गर्दै अब पार्टीको सभापति फेरिनुपर्ने बताए। कांग्रेसभित्र परिवर्तन जरुरी भइसकेको भन्दै यसलाई कसैले पनि छेक्न नसक्ने बताए।

नेपाली कांग्रेस दाङको आयोजनामा मंगलबार घोराहीमा गरिएको कार्यक्रममा कोइरालाले त्यस्तो बताएका हुन्। महामन्त्री कोइरालाले कांग्रेस भित्र परिवर्तन नआएमा र अनुभूति नभएका पार्टीले गति लिन नसक्ने ठोकुवा गरे।

उनले यसका लागि पहिले पार्टी सभापति फेरिनु पर्ने दावी जिकिर गरे। कोइरालाले आफूले यो विषय पटक पटक उठाउँदै आएको समेत जानकरी गराए।अब सभापति परिवर्तन गर्नुपर्ने कुरा रहेको छ, महामन्त्री कोइरालाले भने, 'सबैको राय, सल्लाह, सुझाब पनि त्यही छ, मैले पनि त्यही आवश्यकता देखिरहेको छु।'

कोइरालाले अबको सभापति को बन्ने भन्ने विषयमा छलफल गरी अगाडि जाने बताए। कसले पार्टीको बागडोर सम्हाल्ने भन्ने कुरा पछि छलफल गर्दै जाउँला, उनले भने, 'पार्टीमा आवश्यकता अनुसारको नेतृत्व आउँछ।'

कांग्रेस एक भए आगामी निर्वाचनमा कम्युनिस्टलाई परास्त गर्न सकिने बताए। नेपाल हिन्दु राष्ट्र नभई धार्मिक स्वतन्त्रता भएको देश बन्नुपर्ने बताए। हिन्दु राष्ट्र भए पनि आफूलाई आपत्ति नरहेको र धर्म निरपेक्षता कांग्रेसले स्वीकार नगर्ने बताए। उनले यसमा जनमत संग्रह गर्नुपर्ने औल्याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.