नर्सरीमा डेढ लाख कागतीका बिरुवा

नर्सरीमा डेढ लाख कागतीका बिरुवा

बेंसीसहर : २५ वर्षपछि एक दम्पत्ति गाउँ फर्कियो। नयाँ भिजन बोकेर। ५५ वर्षीया गोवद्र्धन गौली र उनकी श्रीमती तारा भट्टराई कृषिम आधुनिकीकरणको योजना बोकेर सुन्दरबजार नगरपालिकामा फर्किएको छ। 

२५ वर्षअघि चितवन बसाइ सरेको यो दम्पत्तिले १५ रोपनी क्षेत्रफलको नर्सरीमा डेढ लाख कागतीका बिरुवा हुर्काइरहेको छ। उक्त दम्पत्तिले जम्मा ४ सय रोपनी जग्गामा फार्म सञ्चालन गरिएको छ। जसको डेढसय रोपनी जग्गामा कागती, सुन्तला, अदुवा, कफी लगाइएको छ। परिक्षणका लागि नर्सरीमा स्याउका बिरुवासमेत रोपिएको छ।

२०७१ सालबाट सुरु गरिएको फार्ममा हाल ५ सय बोट सुन्तला, ४ हजार पाँचसय कागतीका बोट हुर्किरहेएका छन्। लगाइएका ७० प्रतिशत बोटमा फल फल्न थालेको छ। भोजपुर, धनकुटा, गुल्मी, जाजरकोट र तनहुँबाट २० क्विन्टल कागती ल्याएर बिरुवा जमाएर बिरुवा उत्पादन गरेको गौलीले बताए।

यो कागती नर्सरी नेपालकै सबैभन्दा ठूलो रहेको उनको दावी छ। ‘हाइडेन्सिटी’ प्रविधिमार्फत बिरुवा उत्पादन गरिएको छ। हाइटेक नर्सरीमा कलमी बिरुवा उत्पादनका लागि १३ वटा आमा बोट छन्। नर्सरीमा सुन कागती १, सुन कागती २ र तेह्रथुम लोकल कागतीका प्रजाती छन्। 

पाइनपल र वासिङ्टन डीसी प्रजातिका जुनार साथै खुखु, उन्सु, मर्कट, किन्नु, ओता प्रजातिका सुन्तलाका बिरुवा समेत नर्सरीमा उत्पादन भइरहेको छ। कागतीका बिरुवा विक्रिबाट गतवर्ष १२ लाख रुपियाँ आम्दानी गरेको गौलीले बताए। प्रति बिरुवा ४० रुपियाँमा विक्री गरिएको उनको भनाइ छ। यस वर्ष ४० लाख रुपैयाँ आम्दानी हुने समेत उनको अनुमान छ।

 गौलीले कागती, सुन्तला र कफि खेतीसँगै भैंसी र बाख्रापालन पनि गरेका छन्। हाल ५ भैंसी र १२ बाख्रा रहेकोमा अब २० भैंसी र एकसय बाख्रा पु¥याउने उनको लक्ष्य छ। हिर्कुस एग्रो फार्म प्रा.लि दर्ता गरेर ब्यवसायिक कृषिमा लागेका आमाबाबुलाई छोराबुहारीले पनि साथ दिएका छन्। 

फार्मलाई सघाउन अष्ट्रेलिया पुगेका छोरीज्वाइँलाई पनि फिर्ता बोलाइएको गौलीले बताए। ‘फार्म सञ्चालन गर्दै जाँदा स्वदेशमै ब्यवसायिक कृषिबाट आम्दानी गर्न सकिन्छ भन्ने उत्साह पलाएको छ’, गौलीले भने, ‘अष्ट्रेलियामा पिआर पाएर बसेका छोरी ज्वाइँलाई पनि यतै बोलाएको छु। उहाँहरु आउँदैहुनुहन्छ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.