सीमामा ८ दिन रोकिएका भीआइपी प्याराफिटका सामान रंगशालामा (फोटो फिचर)
नेपालगन्ज : नेपालगन्ज रंगशालाको भीआइपी प्याराफिटको सामान भारतीय सीमावर्ती बजार रुपैडियामा ८ दिन रोकिएपछि सोमबार राति नेपालगन्ज रंगशाला पुगेको छ। भन्सार प्रक्रिया ढिलो गर्दा ५ चैतदेखि कन्टेनर सीमामै अलपत्र परेका थिए।
प्रादेशिक खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीका अनुसार सोमबार साँझ ७ बजेतिर नेपालगन्जको सुर्खेत रोड पुगेका कन्टेनर झण्डै एक किलो मिटरको दूरी पार गरी रंगशाला पुग्न ३ घण्टा लागेको थियो। रातिको ९ बजे ६ कन्टेनर रंगशालामा पुगेका थिए।
१६ वटा कन्टेनरमध्ये अझै १० वटा कन्टेनर आइपुगेका छैनन्। हेर्नुस् फोटोहरूः