नवलपरासीमा विप्लवका तीन नेता पक्राउ

नवलपरासीमा विप्लवका तीन नेता पक्राउ

परासी : प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज र भातृ संगठनका अध्यक्षसहित तीनजना पक्राउ गरेको छ। पश्चिम नवलपरासी जिल्ला इन्चार्ज 'सुमन' उपनामका गंगा ज्ञवाली, जनपरिषद्का जिल्ला प्रमुख दानबहादुर आचार्य र नगर इन्चार्ज गणेश ढकाल पक्राउ परेको प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

रुपन्देहीको खैरहनी घर भएका ज्ञवाली बर्दघाट नगरपालिका-४ मा बस्दै आएका छन्। परिवारलाई भेट्न आएका ज्ञवाली  सोमबार राति पक्राउ परेका हुन्। अर्घाखाँचीमा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका ज्ञवालीलाई दुई वर्षअघि नवलपरासी पठाइएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको छ।

ज्ञवालीमाथि ट्रकमा आगजनी गरेको आरोप छ। गत फागुन ३० गते विप्लवले आह्वान गरेको नेपाल बन्दका क्रममा बासाबसही चोकमा रोकी राखेको ट्रकमा आगजनी भएको थियो। उनीमाथि 'आगो लगाएको' अभियोगमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको थापाले जानकारी दिए।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले विप्लव नेतृत्वको भातृ संगठन 'जिल्ला जनपरिषद्' प्रमुख दानबहादुर आचार्य पक्राउ परेको नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।विनयी-त्रिवेणी गाउँपालिका-३ सुनई घर भएका आचार्यलाई मंगलबार दिउँसो सर्दी आउने क्रममा पक्राउ गरिएको हो।

त्यस्तै सोमबार राति विप्लवका जिल्ला सदस्य धनबहादुर मर्दनिया पक्राउ गरिएको उपरीक्षक रानाभाटले जनाएका छन्।कावासोती नगरपालिका-१५ शेरगञ्जका मर्दनियालाई घरबाटै पक्राउ परेका हुन्।

दुवैजनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ। यसअघि पश्चिम जिल्ला प्रहरी कार्यालयले बर्दघाटका नगर इन्चार्ज गणेश ढकाल पक्राउ परेका थिए।उनीमाथि 'राष्ट्रसेवक कर्मचारीमाथि हातपात' गरेको अभियोगमा मुद्दा चलाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.