सरकार पूर्णतया असफल भयो : डा. भट्टराई

सरकार पूर्णतया असफल भयो : डा. भट्टराई

टीकापुर : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकार पूर्णतया असफल भएको ठोकुवा गरेका छन् ।

कैलालीको टीकापुरमा नयाँ शक्ति सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको खुल्ला अन्तरसंवाद कार्यक्रममा बोल्दै डा. भट्टराईले यस्तो बताएका हुन् । दुई तिहाई बहुमत भएर पनि सरकारले जनताको आकांक्षा अनुरुप काम गर्न नसकेको भन्दै देशभरका जनतामा निराशा छाएको उनको भनाइ छ ।

‘ठूला आयोजना सञ्चालन गर्न सकेको छैन, रोजगारी सिर्जना गर्न सकेको छैन, आर्थिक विकास लक्ष्य पनि पूरा हुन सकेको छैन, सरकार पूर्णतया असफल भएको छ’ भट्टराईले भने ‘सरकार आफैँले केही दिनअघि सार्वजनिक गरेको तथ्यांकमै वैदेशिक लगानी घटेको र व्यापार घाटा बढ्दै गएकाले यो सरकार पूर्णतया असफल भइसकेको छ ।’

सरकारले शान्ति सुरक्षा र सुशासन कायम गर्न समेत असफल भएको उनको दावी छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या प्रकरण समेत सार्वजनिक गर्न नसक्नुले सरकार शान्ति सुरक्षा कायम गर्न चुक्दै गएको उनले बताए ।

‘निर्मला पन्त हत्या प्रकरण समेत सरकारले छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्न सकेन’ उनले भने ‘देशैभर यस्ता घटना भइरहेका छन्, सरकारले शान्ति सुरक्षा कायम गर्न सकेको छैन ।’

‘सिके सम्झौता नटकीय’

दुई तिहाईको सकारमा सत्ता उन्माद चढिरहेको उनको आरोप छ । साथै विप्लवमाथिको प्रतिबन्ध, सिके राउतसँगको सम्झौता र रेशम चौधरीको फैसला नाटकीय ढंगबाट भएको उनले बताएका छन् ।

‘देश विखण्डनको नारा दिने सिके राउतसँग सम्झौता र विप्लवमाथिको प्रतिबन्धले सरकारको गतिविधिमाथि शंका पैदा भएको छ’ उनले भने । यस्तै टीकापुर घटना राजनीतिक घटना भएकाले यसको समाधान राजनीतिक ढंगबाटै गरिनुपर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.