सुर्खेतमा ब्राउन सुगरसहित एक जोडी पक्राउ

सुर्खेतमा ब्राउन सुगरसहित एक जोडी पक्राउ

सुर्खेत : लागुपदार्थ ब्राउन सुगरसहित प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा समिट टेन्ट हाउसका सञ्चालक सलिन सिद्धिकी र सहनाज सिद्धिकीलाई इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँको नेतृत्वमा खटिएको टोलीले सिद्धिकीद्वयलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट १५ क्वार्टर ब्राउन सुगर बरामद गरेको छ । भारतको रुपैडियाबाट उनीहरुले ब्राउन सुगर ल्याएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

भे ७ प ५०५८ नम्बरको मोटरसाइलको सिटमुनी लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको सुर्खेत प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई अदालतबाट म्याद थप गरेर छिन्चु प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

एकसाता अघि छिन्चु प्रहरीले वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कुचिकार इन्द्रजीत बाल्मिकीलाई समेत ६.८१० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । विस्कुटमा ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा बाल्मिकीलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.