सप्तरीमा पनि विप्लव समुहका ईन्चार्जसहित तीनजना पक्राउ
राजविराज : नेत्रविक्रम चन्द विप्लव समुहका जिल्ला ईन्चार्ज सहित तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीका विभिन्न स्थानबाट तेजनारायण यादव, नुन्नु राम र गणपति साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । ४० वर्षीय तेजनारायण छिन्नमस्ता गाउँपालिका–१ का हुन् । ५२ वर्षीय नुन्नु कञ्चनरुप नगरपालिका–६ का हुन् । गणपति भने शम्भुनाथ नगरपालिका–६ का बासिन्दा हुन् ।
प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार यादव जिल्ला इन्चार्ज हुन् भने अन्य दुई जिल्ला सदस्य हुन् । उनीहरुलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले विप्लब समुहमा संलग्न रहेको आरोपमा अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।